६५ प्रतिशतभन्दा धेरै मत खसेकाे निर्वाचन आयाेगकाे अनुमान


निर्वाचन आयोगले पालिका चुनाव–२०७९ मा ६५ प्रतिशतभन्दा धेरै मत खसेको अनुमान गरेको छ । यसबारेमा आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी विस्तृत विवरण दिने तयारी गरेको छ ।

देशैभर खसेको मतको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

यसअघि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्द नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *