वालिङ दुर्घटना अपडेट : मृतक १३ जनाको पहिचान खुल्यो


स्याङ्जाको वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबासस्थित भित्रि सडकमा ग.२ च ३०२६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।​

सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो। घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ। गम्भीर अवस्थामा रहेका १ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।​

मृत्यु हुनेको नाम

माया कुँवर ६३ वर्ष

प्रदिन कुँवर अन्दाजी ९,१० वर्ष

कलावती कुँवर ५० वर्ष

डेमकुमार कुँवर ५० वर्ष

हरिकला कुँवर ८३ वर्ष

टेकला कुँवर अन्दाजी ५० वर्ष

मिना कुँवर ५० वर्ष

जमुना कुँवर २५ वर्ष

चिमकला कुँवर ७० वर्ष

मुवा कुमारी कुँवर ६० वर्ष

पोल कुमारी कुँवर ४३ वर्ष

जानुका कुँवर ४३ वर्ष

ज्ञानकला कुँवर ४२ वर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *