कर्णालीमा यो वर्ष थप सात दिन विदा

सुर्खेत । कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थप गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवसहरुमा विदा दिने निर्णय गरेको हो । धान दिवसको विदा असार १५ गते जुम्ला बाहेक अन्य ९ जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा चैत १२ गते विदा दिइएको छ । साउने […]

Continue Reading

आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी

आसन्न स्थानीय तह चुनावका लागि गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन भइसकेको स्मरण गराउँदै आयोगले आचारसंहिता उल्लंघन नगर्न सचेत गराएको हो। आयोगको अनुरोधलाई बेवास्ता गरी कसैले आचारसंहिता उल्लंघन गरे आयोगले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने चेतावनी समेत दिएको छ। विभिन्न राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट, टोपी, क्याप, मास्क, लकेट, […]

Continue Reading

भाेलिदेखि सुरु हुने एसईईकाे तयारी पूरा, मनाङबाट सबैभन्दा कम ४३ विद्यार्थी सहभागी हुँदै

भोलि शुक्रवारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस […]

Continue Reading

शेयर बजार सामान्य बढ्यो, १ अर्ब ६२ करोड रुपैयाँको कारोबार

काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९४ अङ्कले बढेर दुई हजार तीन सय २५ दशमलव ४५ विन्दुमा पुगेको छ । आज बैंक, निर्जीवन बीमा, फाइनान्स र व्यापारबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । शेयर बजार बढेकाे दिन दुई सय ३१ […]

Continue Reading

चुनाव चिह्न अंकित सामग्री उत्पादन र बिक्री वितरण नगर्नू : आयोग

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण नगर्न राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ। बुधवार विज्ञप्ति जारी गरी आयोगले चुनाव चिह्न अंकित पहिरन वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता सांकेतिक प्रचार–प्रसार सामग्री उत्पादन तथा विक्री वितरण नगर्न आह्वान गरेको हो। ‘आचारसंहिताको दफा […]

Continue Reading

युक्रेनको मारिओपोल सहर कब्जामा लिएको रुसको दाबी, राष्ट्रपति पुटिनद्वारा सेनालाई बधाई

रुसले युक्रेनको मारिओपोल सहर कब्जा गरेको घोषणा गरेको छ । लामो समयदेखि ठूलो लडाइँ चलिरहेको मारिओपोलको एजोभस्टल स्टिल कारखाना पनि कब्जा गरेसँगै रुसले सहर नै आफ्नो नियन्त्रणमा आएको बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले मारिओपोल सहरले मुक्ति पाएको भन्दै खुसी व्यक्त गर्नुभएको र अब कारखाना बन्द गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ । स्टिल कारखानामा अझै […]

Continue Reading

पीएसजीको सहज जित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ३–० गोल अन्तरले हराएको हो ।​ पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, सर्जियो रामोस र मार्कविन्होसले एक–एक गोल गरे । खेलको २८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा […]

Continue Reading

चीनले सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता गरेपछि अस्ट्रेलिया, न्यूजिल्यान्ड र अमेरिकाको चिन्ता

चीनले सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता गरेको छ । दुई देशबीच यसै हप्ता सुरक्षा सम्झौतामा हस्ताक्षर भएपछि अस्ट्रेलिया, न्यूजिल्यान्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । सम्झौताका सर्तहरु सार्वजनिक भएका छैनन् । तर सम्झौतामा चिनियाँ युद्धपोत सोलोमन आईसल्याण्डमा तैनाथ गर्न अनुमति दिइने र शान्ति कायम राख्ने सहयोग आवश्यक भएमा चीनले सुरक्षा फौज पठाउन […]

Continue Reading

ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड

नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षामा जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले श्रव्य–दृश्यका माध्यमबाट आज बुधवार काठमाण्डौमा भएको बैठकमा बिमस्टेक देशका झन्डै एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत […]

Continue Reading

म्याग्दीको डाँडाखेतमा सबस्टेशन निर्माण सुरु

म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । मालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम सुरु भएको जानकारी दिनुभयो । “पहिलो चरणमा घेराबार र भवन निर्माण भइसकेको छ”, […]

Continue Reading