हात्तीको दाँतसहित तीन जना पक्राउ

नेपालगन्ज ।  हात्तीको दाँतसहित बाँकेबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिशेष सूचना का आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट  खटिएको प्रहरी टोलीले आज दिउँसो  बैजनाथ गाउँपालिका वडा नं  ६ सम्झनाचोकबाट हात्तीको दुई थान दाँतसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा   बबई गाउँपालिका दाङका दलबहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिकाका टीकाराम सुनार र धनबहादुर सुनार रहेका […]

Continue Reading

भूमिश्वरको स्पष्टीकरण : विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्‍याएको हुँ

प्रमुख सचेतक ढकालले विमलालाई मुख्यमन्त्रीको निवास पुर्‍याएको स्वीकार गरेका छन्, तर जबर्जस्ती नभई उनकै इच्छाअनुसार भएको बताए । ढकालले अनलाइनखबरसँग भने, ‘उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिंड्नु भएको थियो । जबरजस्ती गरिएको होइन ।’ दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा ल्याउने बेला विमलासँगै उनकी दिदी र भिनाजुको भाइ पनि […]

Continue Reading

भूमिसम्बन्धी आयोग खारेजीसँगै प्रदेश १ का एक लाख ७५ हजार परिवारको निवेदन अलपत्र

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि देशका ७४३ वटा स्थानीय तहसँग सम्झौता भई अघि बढेको निवेदन लिने काम र जग्गाको नक्सा नापीको काम अलपत्र परेको छ । केपी शर्मा ओलीको नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरी काम अघि बढाएको थियो । भूमिहीन भएर बसेका सुकुम्बासी तथा अव्यवस्थित […]

Continue Reading

उखु किसान र सरकारबीच आज वार्ता हुने

काठमाडौँ:  उखु किसानको बक्यौता भुक्तानीका लागि गठन भएको कार्यदलको बैठक बिहीबार बस्ने भएको छ । किसानले बक्यौता भुक्तानी नभए भदौ ५ देखि आन्दोलन गर्ने चेतावनी दिएपछि पहिलो बैठक बिहीबार बस्न लागेको हो । बिहीबार कार्यदलको बैठक बस्न लागेको र त्यसमा किसानका प्रतिनिधिलाई समेत बोलाइएको छ । कार्यदलको बैठकमा आए विभिन्न समस्यामा छलफल गर्न सकिने बताउँदै […]

Continue Reading

जुनिचाँदेका वडाअध्यक्ष नेपाली पक्राउ

जाजरकोट :  जुनीचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।  साउन १५ गते स्थानीय सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेका वडाध्यक्ष नेपालीलाई प्रहरीले आज पक्राउ गरेको हो।  पक्राउ परेका उनलाई आजै सदरमुकाम ल्याइने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सर्पेलाई बन्धक बनाएपछि प्रहरी आएर मुक्त गरेको थियो। नेपालीले यो भन्दा […]

Continue Reading

प्रहरी हेडक्वार्टरबाटै शान्ति मिसन परीक्षाको प्रश्न-पत्र चोरिएको पुष्टि

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ । शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको आशंकामा छानविन सुरु भएको हो । यस विषयमा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानविन थालेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । प्रश्न पत्र बाहिरिएको […]

Continue Reading

ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु

गुल्मी । सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर(५ निवासी ३३ वर्षीय दीपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ । बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर ६ तल्लो हटियामा लु३त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Continue Reading

कोभिड–१९ को तेस्रो लहरको सुरुवात

नेपालगन्जः केही दिनयता देशभर कोभिड–१९ बाट सङ्क्रमितको हुनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । अघिल्लो दिनसम्म तीन हजारको हाराहारीमा रहेको कोभिड सङ्क्रमण बुधबार अप्रत्यासित रूपमा बढ्दा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि सम्बन्धित विज्ञहरूले यसलाई कोभिड–१९ को तेस्रो लहरको सुरुवात भएको बताएका छन् । उनीहरूले खोपलाई प्राथमिकताका साथ अघि […]

Continue Reading

वडाध्यक्षले पिटे, प्रहरीले मगायो पीडितलाई माफी

काठमाडौंः जुमीचाँदे गाउापालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले हालै १८ वर्षीय सर्पे दमाईलाई निर्घात कुटपिट गरे । तर, प्रहरीले कुटाइ खाने पीडितलाई नै माफी मगाएर वडाध्यक्ष नेपालीको पक्षमा कागज गराएको पाइएको छ । ‘सर्पे दमाइले आफ्नो गल्ती स्वीकार गरी एकचोटिलाई सुध्रिने मौका दिनुपर्यो अब आइन्दादेखि म सुध्रिनेछु, गाउँसमाजमा रहँदा बस्दा सबैसँग राम्रो व्यवहार गर्नेछु, कोही […]

Continue Reading

नक्सालमा आठ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै

काठमाडौं । कोरोना महामारीबीच काठमाडौँको नक्सालमा रु आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौँ महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ निर्माण गर्न लागेको हो । आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको […]

Continue Reading