नेपालगन्ज । हात्तीको दाँतसहित बाँकेबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचना का आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज दिउँसो बैजनाथ गाउँपालिका वडा नं ६ सम्झनाचोकबाट हात्तीको दुई थान दाँतसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बबई गाउँपालिका दाङका दलबहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिकाका टीकाराम सुनार र धनबहादुर सुनार रहेका छन् ।
हात्तीको दाँत बेच्न बाटोमा हिडिरहेको बेलामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीले सुनारले बोकेको कालो झोलाबाट हात्तीको दुई वटा दाँत बरामद गरेको थियो।

