गुल्मी । सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर(५ निवासी ३३ वर्षीय दीपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ । बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर ६ तल्लो हटियामा लु३त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
