छात्राहरुलाई साईकल सहयोग

नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल सहयोग गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मङ्गलबार साईकल हस्तान्तरण गरिएको हो ।नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षा विद किरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतवहादुर घर्ती […]

Continue Reading

अत्याधुनिक हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय पक्राउ

नेपालगन्ज । अत्याधुनिक हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय नागरिकलाई दांग प्रहरीले पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर पञ्चायत वडा न. ३ का करमुल्हाल आमिर र राजा खाँनलाई गढवागाउ पालिका १ जुरौली देउखुरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट अत्याधुनिक पेस्तोलसहित दुईवटा म्याग्जीन र दुई राउन्ड गोली पनि बरामद गरिएको छ । उनीहरूलाई जिप्रका […]

Continue Reading

लागू औषध कोकिनको कारोवार गर्ने ९ जना पक्राउ

काठमाडौंः लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अबैध लागू औषध कोकिनको कारोवार गर्ने ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ब्यूरोले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै काठमाडौको बिभिन्न स्थानबाट पक्राउ परेकाहरुबाट कोकिन १ के.जि. ५१२ ग्राम, चरेश २५ ग्राम, गाँजा ९ ग्राम, गाँजा तान्ने सोली २३ वटा, डिजिटल तराजु २ थान र नगद रु. ७ लाख […]

Continue Reading

स्वास्थ्य मन्त्रालयको प्रस्ताव– सबैखालका परीक्षा स्थगित गर्नुपर्छ

काठमाडौं:  कोभिड–१९ को जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न प्रस्ताव लैजाने बताए । आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार […]

Continue Reading

नागा चैतन्यको बलिउडमा डेब्यू

तेलगु फिल्मका सुपरस्टार नागा चैतन्य बलिउडमा डेब्यू गर्ने भएका छन् । नागा चैतन्य आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा काम गर्ने भएका छन्। छिट्टै नागाले फिल्मको शुटिंग आमिर खानसँग लद्दाखमा गर्ने भएका छन्। तेलगु सुपरस्टार नागा चैतन्य दक्षिण फिल्म उद्योगको निकै सफल अभिनेता मानिन्छ । नागा चाँडै आमिरसँग लद्दाख र कारगिलमा शूटिंग सुरु गर्नेछन् […]

Continue Reading

ईपीएलमा सन्दीपले काठमाडौं किंग्स–११ को कप्तानी गर्ने

राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन्।  काठमाडौंले उनलाई टोलीको कप्तानीको जिम्मा दिएको हो।  सन् २०१८ मा सन्दीपले ललितपुरबाट सुरुवाती २ खेल खेलेर बिग ब्यास लिगका लागि अस्ट्रेलिया लागेका थिए। त्यसपछि सन्दीपले नेपाली फ्रेन्चाइज लिग खेलेका छैनन्।  टोलीमा सन्दीपसँगै राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र […]

Continue Reading

ओलीको पक्षमा सर्वोच्चको आदेश, कर्णालीका चार एमाले सांसदको पद गयो

कर्णाली प्रदेशसभामा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेको भन्दै पार्टीले गरेको कारवाहीलाई सर्बोच्च अदालतले सदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले फ्लोर क्रस गर्ने चार सांसदको कारवाही सदर गरेको हो । एमालेले आफ्नो पार्टीबाट निर्वाचन जितेको तर फ्लोर क्रस गरेर विपक्षी दललाई मतदान गरेको भन्दै प्रकाश ज्वाला, अम्मरबहादुर […]

Continue Reading

थपिए ३ हजार १२५ संक्रमित, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दुई हजार २७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ  पछिल्लो २४ घण्टामा एक हजार ९२५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८९८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Continue Reading

कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित

कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए ।  भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को तेस्रो लहरको जोखिम पनि बढिरहेकाले परीक्षा स्थगन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा […]

Continue Reading

‘कु’ मार्फत सत्ता हत्याएका म्यानमारका सेना प्रमुखले आफैलाई प्रधानमन्त्री घोषित गरे

काठमाडौँ — ‘कु’ मार्फत देशको सत्ता हत्याएका म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले आफूलाई प्रधानमन्त्री घोषित गरेका छन् । फाइल तस्बिर ः रोयटर्स म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ । यसै वर्षको फेब्रुअरीमा राष्ट्रपति विन मिन्ट, नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सुकीलगायतलाई गिरफ्तार गर्दै सत्ता हातमा लिँदै म्यानमार सेनाले एक वर्षका लागि […]

Continue Reading