ईपीएलमा सन्दीपले काठमाडौं किंग्स–११ को कप्तानी गर्ने


राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन्। 

काठमाडौंले उनलाई टोलीको कप्तानीको जिम्मा दिएको हो। 

सन् २०१८ मा सन्दीपले ललितपुरबाट सुरुवाती २ खेल खेलेर बिग ब्यास लिगका लागि अस्ट्रेलिया लागेका थिए। त्यसपछि सन्दीपले नेपाली फ्रेन्चाइज लिग खेलेका छैनन्। 

टोलीमा सन्दीपसँगै राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी रहे पनि टोलीको कप्तानी काठमाडौंले सन्दीपलाई दिएको हो। 

ईपीएलका लागि काठमाडौं किंग्स–११ ले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदीलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ। 

काठमाडौंमा कप्तान सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावतलगायतका खेलाडी छन्। 

चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने तालिका छ।नेपालखबरबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *