मुलुक संकटमा छ, सनातन हिन्दु पक्षधर एक ठाउँमा उभिन ढिला गर्नुहुन्न : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दु पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका बताएका छन्। केही मत भिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने उनको भनाइ छ। नयाँ वर्षको असरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै थापाले मुलुकको हित र वृहत्तर लक्ष्य […]

Continue Reading

उपल्लो डोल्पा : सात वर्षमा पनि पूरा भएन स्वास्थ्य चौकी

सात वर्षअघि सुरु भएको स्वास्थ्य चौकी निर्माणको काम पूरा नहुँदा उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ। भवन डिभिजन जुम्लाबाट क्याराभान कन्स्ट्रक्सन जेभीले उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जे स्थित स्वास्थ्य चौकीको भवन निर्माण लागि लिएको ठेक्काको काम अहिलेसम्म पूरा नगरेको हो। पटक पटक ताकेता गरेपनि नसुनेको भवन डिभिजन जुम्लाले जनाएको छ। ‘काम छिटो गर्नुस् […]

Continue Reading

५ हजारको जिम्मा लिएको होइन, राजनीतिक प्रतिवाद गरेको मात्र हुँ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएको ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले नलिएको बताएका छन् । संविधानको मर्म र भावना विपरीत द्वन्द्वकालमा मारिएका सबैको जिम्मा विद्रोही पक्षले लिनुपर्छ भनेर निरन्तर प्रहार भएपछि राजनीतिक प्रतिवादका क्रममा प्रसंगवश अभिव्यक्ति दिएको उनको जिकिर छ । १ माघ २०७६ मा टुँडिखेलमा भएको एक सार्वजनिक कार्यक्रमा प्रचण्डले १७ […]

Continue Reading

नेपाल विश्वविद्यालय विधेयक पारित गर्नुपर्छ : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गर्नुपर्ने बताएका छन्। राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा बिहीबार नेपाल विश्वविद्यालय विधेयक, २०७९ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री राईले विधेयक पारित गर्नुपर्ने बताएका हुन्। उनले विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पारे। उनले नेपाल विश्वविद्यालयलाई छुट्टै एकाइका रुपमा मात्रै नहेरेर समग्र शैक्षिक […]

Continue Reading

१६७ सांसदको हाजिर, बैठकमा ६१ जनामात्रै

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख र उपसभामुखसहित १६७ जना प्रतिनिधि सभा सदस्यले हाजिर गरेका छन् । तर, प्रतिनिधिसभा बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा जम्मा ६१ जनामात्र भेटिए । गणपूरक संख्या नपुगेका कारण प्रतिनिधि सभाले बुधबारको बैठक अगाडि तय गरेको दुवै कार्यसूची अर्को बैठकका लागि सर्न पुगेको छ […]

Continue Reading

तेस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक वैशाखको पहिलो साता विश्वासको मत लिने तयारी थालेका छन्। प्रमुख सत्तासाझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो। विश्वासको मत र मन्त्रिमण्डल विस्तारका विषयमा नेपाली कांग्रेससँग छलफल भइरहेको मुख्यमन्त्री शर्माले बताएका छन्। प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीले अब नयाँ गठबन्धनको साझेदार […]

Continue Reading

विवादित ढाकालाई निष्काशन गर्ने र विन्दबासिनीलाई सांसद बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ। रास्वपाको आज (बुधबार) बसेको बैठकले उनको सांसद पद खारेज गर्ने र खाली हुने सांसद पदमा विन्दबासिनी कंसाकारलाई चयन गर्ने निर्णय गरेको छ। श्रेष्ठले आफू मन्त्री बन्न पार्टीमा रकम बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडिओ बाहिरिएपछि बुधबार रास्वपाको […]

Continue Reading

सुर्खेतमा नदीजन्य पदार्थमा मेसिन प्रयोग गर्न अनुमति दिए कारबाही हुने

सुर्खेतमा कानुनविपरीत नदीजन्य पदार्थको ठेक्का लगाउने तथा नदीजन्य पदार्थ संकलनका लागि मेसिनरी औजार प्रयोगका लागि अनुमति दिने स्थानीय तहका कर्मचारीलाई कारबाही हुने भएको छ । सुर्खेतका स्थानीय तहहरूले कानुनबाहिर गएर नदीजन्य पदार्थ संकलनको ठेक्का लिएका व्यवसायीलाई ठुला मेसिनरी औजार प्रयोग गर्न अनुमति दिएको पाएको हो । जिल्ला समन्वय समिति सुर्खेतले सुर्खेतका नौवटै स्थानीय तहलाई सात […]

Continue Reading

मन्त्रिपरिषदको निर्णय : सिंहदरबार र बालुवाटारको फोहर उठाउन पहल गर्ने

सरकारले प्रमुख प्रशासनिक निकायमा थुप्रिएको फोहोर उठाउन आवश्यक पहल गर्ने भएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं महानगर प्रमुखले नीतिगत व्यवस्थाविपरीत फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक गरेकोमा त्यसलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो। ‘काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति […]

Continue Reading

आफूखुसी शुल्क नबढाउन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको चेतावनी

शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी लगानीका विद्यालयहरूले आफूखुसी जथाभाबी ढंगले शुल्क उठाएको भन्दै सचेत गराएका हुन् । स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको […]

Continue Reading