संसदको अधिवेशन आह्वान गर्न प्रचण्डको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन्।विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग उनले सरकारले ल्याएका ५ वटा अध्यादेश फिर्ता लिई सदनभित्रबाट विधेयक पारित गर्नुपर्ने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ७ राजनीतिक दलको उपस्थिति एवं एकदलको समर्थनमा आज बसेको बैठकले अध्यादेशको विरोधमा संयुक्त वक्तव्य जारी गरेको जानकारी दिए। अध्यक्ष प्रचण्डले […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमगले आज राति १ बजेदेखि बढेको मूल्य लागू हुने जनाएको छ। निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल दुवैमा ३/३ रुपैयाँले बढेको छ। इण्डियन आयल कर्पोरेशनले यही जनवरी १५ देखि पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यसूची […]

Continue Reading

रवि लामिछानेलाई धराैटीमा रिहा गर्न काठमाण्डाै जिल्ला अदालतकाे आदेश

काठमाण्डौ जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । बहस सकिएपछि अदालत परिसरबाहिर सहकारी पीडितका एक वकिल दिनेश त्रिपाठीमाथि हातपात भएको भिडियो सार्वजनिक भएको भियो । यसअघि […]

Continue Reading

राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी अध्यादेश जारी गरेका हुन्। मन्त्रिपरिषद् बैठकले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेकामध्ये राष्ट्रपति पौडेलले चारवटा यसअघि नै जारी गरेका थिए। अध्ययनका लागि भन्दै रोकिएको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले बुधबार जारी गरेका […]

Continue Reading

पूर्वजले देखाएको बाटोमा लागौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा लाग्न सबैले प्रेरणा लिएर अघि बढ्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले योग दिवसका अवसरमा आज पूर्वज र प्रकृतिप्रति गौरव गर्दै ज्ञान पैदा गर्ने खोज, अध्ययन र अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्ने बताएका हुन्। “पूर्वजहरुप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ, उहाँहरुको आदर्शबाट सिक्ने र उहाँहरुको जस्तो ज्ञान पैदा […]

Continue Reading

फेरि प्रहरी हिरासतमै पुगे रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुन: प्रहरी हिरासतमै पुगेका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको छ। अदालतका ६ नम्बर वरीयताका न्यायाधीश अधिकारीको इजलासमा आज लामिछानेको बयान भएको थियो। तर थुनछेक बहस आज नभएपछि उनलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो। सोमबार ११ बजेबाट प्रहरीले […]

Continue Reading

पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आम्रपाली ब्यैङ्क्युुट बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा सहभागी हुनुभएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।

Continue Reading

रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतकाे आदेश

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएकाे छ । न्यायाधीश नितीज राईको इजलासमा आज भएकाे थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि […]

Continue Reading

झिँगाले सरापेर डिँगा मर्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागे पनि अहिले एमालेकै नेतृत्वमा सरकार रहेको बताएका छन्। बिहीवार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरूलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक […]

Continue Reading

२०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा कांग्रेस महामन्त्री शर्माको असहमति

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनबारे प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइमा विमति जनाएका छन्। बुधवार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति जनाएका हुन्। महामन्त्री शर्माले सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए। ०८७ […]

Continue Reading