सरकारहरू पिपलपाते भए : राजकुमार शर्मा

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले केन्द्रदेखि प्रदेशका सरकारहरू पिपलपाते भएको टिप्पणी गरेका छन्। आइतबार वीरेन्द्रनगरमा आयोजित प्रेस सेन्टर नेपालको तेस्रो अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राजनीतिक अस्थिरता धेरै भयो, सरकारहरू जता हावा चल्यो उतै ढल्कने पिपलपाते भए,’ उनले भने, ‘यसले धेरै समस्या निम्त्याएको छ।’ अहिलेको […]

Continue Reading

त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये ४२ वटामा स्ववियु चुनाव

त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्ये ४२ वटामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भएको छ । ५ गते ३८ वटा क्याम्पसमा र त्यसपछि चारवटा क्याम्पसमा चुनाव भएको हो । त्रिभुवन विश्वविद्यालयका २० वटा आंगिक क्याम्पसमा चुनाव हुन बाँकी छ । अमृत साइन्स क्याम्पस काठमाण्डौ र पृथ्वीनारायण क्याम्पस पोखरामा हिजो चुनाव भएको छ । अमृत साइन्स […]

Continue Reading

स्ववियु निर्वाचनको विषयलाई लिएर क्याम्पसमा तालाबन्दी

रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ मा रहेको मुसीकोट खलङगा बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा (एमाले) निकट अनेरास्ववियुले विभिन्न चार वटा माग राखेर शनिबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन्। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको यस क्याम्पसमा आगामी चैत १८ गते निर्वाचन तोकिएकोमा क्याम्पस […]

Continue Reading

देशमा विकासको गति बढेको छ : प्रधानमन्त्री ओली

धानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै देशमा विकासको गति बढेको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘टुुगेदर फर टुमरो : युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ।” उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले […]

Continue Reading

सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत

राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ। राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत गरेको हो। उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको स्पष्ट […]

Continue Reading

एमसीसीअन्तर्गतका निश्चित आयोजना अघि बढाउन अमेरिकाको अनुमति

मेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ । यस अघि फेब्रुअरी २४ तारिखमा समीक्षाका लागि भन्दै ९० दिनका लागि स्थगित गरेको जनाएकोमा केही कार्यक्रम अघि बढाउन अनुमति आएको एमसीए नेपालले विज्ञप्ति निकालेर जानकारी गराएको छ । यसअघि अमेरिकाले स्थगित गरेका कारण नेपालले प्राप्त गरेको अहिलेसम्मकै ठूलो वैदेशिक सहयोगको […]

Continue Reading

रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा भूकम्प प्रभावित आवास पुनर्निर्माण सुरु

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाबाट भूकम्प प्रभावितको निजी आवास पुनर्निर्माणका लागि काम सुरु भएको छ । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका घरको क्षति आकलनपछि पुनर्निर्माण सुरु भएको हो । चौरजहारी नगरपालिकाले दुई जना भूकम्प प्रभावित लाभग्राहीसँग निजी आवास निर्माणका लागि सम्झौता गरेर पुनर्निर्माणको काम सुरु भएको जनाएको छ । नगरपालिकाका निमित्त […]

Continue Reading

भ्रष्टाचारको दुष्चक्रले जनता निराश छन् : डा. भट्टराई

र्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएका छन्। जनकपुरमा शनिवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू पनि विस्तारै थाक्दै गल्दै गएको जिकिर गरे। उनले त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको […]

Continue Reading

६ वर्षपछि पारित भयो कर्णालीको ‘दलित विधेयक’

कर्णालीका दलित समुदायले लडेर ल्याएको ‘दलित विधेयक’ ६ वर्षपछि बल्ल प्रदेश सभाबाट पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकबाट उक्त विधेयक पारित भएको हो । अब प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐन (कानुन) का रूपमा कार्यान्वयनमा जानेछ । स्मरण रहोस् पटक–पटक सरकारले अस्वीकार गरेको ‘दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था […]

Continue Reading

स्वदेशी वस्तुको उपयोग बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन्। नेकपा एमालेको जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरे। कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहन […]

Continue Reading