स्ववियु निर्वाचनको विषयलाई लिएर क्याम्पसमा तालाबन्दी


रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ मा रहेको मुसीकोट खलङगा बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा (एमाले) निकट अनेरास्ववियुले विभिन्न चार वटा माग राखेर शनिबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन्। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको यस क्याम्पसमा आगामी चैत १८ गते निर्वाचन तोकिएकोमा क्याम्पस प्रशासन तथा निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीप्रति असहमती र आपत्ति जनाउँदै दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् । नेवि संघका कार्यवहाक अध्यक्ष अनिशेष केसी र अनेरास्ववियुका उपाध्यक्ष कुवेरजंग खत्रीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै चार वटा मागहरुसहित तालाबन्दी गरिएको जनाए ।

विज्ञप्तीमा मध्यपश्चिम विश्व विद्यालयको निर्देशन विपरित अवैध रुपमा भर्ना गरिएका विद्यार्थीहरुलाई मतदाता सूचीबाट तत्काल हटाउनुपर्ने, दाबी विरोध प्रक्रियालाई विधिसम्मत रुपमा पुन : खुला गरी छलफल प्रक्रियामार्फत् मात्र निर्वाचन अगाडि बढाइनुपर्ने, हालको निर्वाचन अधिकृत र निर्वाचन समिति खारेज गरेर नयाँ निर्वाचन अधिकृत र निर्वाचन समिति गठन गरिनुपर्ने र निर्वाचन प्रक्रिया निश्पक्ष, पारदर्शी र कानूनी अधारमा अगाडि बढाईनुपर्ने माग राखिएको छ।

मागको वेवास्ता गरिएमा उत्पन्न हुने परिस्थतिको जिम्मेवारी क्याम्पस प्रशासन र निर्वाचन समिति हुने समेत जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *