प्रेस चाैतारीले बुझायो पार्टिको आसन्न दोस्रो विधान महाधिवेशनका लागी सुझाव ।

काठमाडौं, भदाै १२ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनका लागि बिहीबार आफ्ना सुझावहरू महासचिव शङ्कर पोखरेललाई बुझाएको छ । समसामयिक बिषय उठान गरी तयार गरिएको सुझावपत्र प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थितिमा संगठनका […]

Continue Reading

एमाले कर्णालीको लेखापरीक्षण प्रतिवेदन पारित।

सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशको सचिवालयको सातौं बैठकले गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । विहीबार वीरेन्द्रनगरमा बसेको सचिवालयको बैठकले सो प्रतिवेदन पारित गर्नुका साथै अन्तिम लेखापरीक्षणका लागि केन्द्रीय लेखा आयोगसमक्ष पठाउने निर्णय गरेको हो ।साथै बैठकमा आसन्न विधान महाधिवेशनमा मातहतका कमिटीले दिएका सुझावलाई मनन् गर्दै केन्द्रीय पदाधिकारीमध्ये कर्णाली प्रदेशबाट कम्तीमा एउटा […]

Continue Reading

आईटीमा क्षेत्रमा काम गर्नेलाई आकर्षक तलब व्यवस्था गरिने ।

काठमाडौं, भदाै १२। सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले अधिकतम २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गर्ने भएको छ । सरकारले गरेको यो निर्णयलाई प्राविधिक क्षेत्रका विज्ञ तथा सरोकारवालाले स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसरका रूपमा लिइएको छ। सरकारका अनुसार अनलाइनमार्फत सार्वजनिक सेवा विस्तार गर्दा ढिलासुस्ती गर्ने, सेवाग्राहीसँग घुस वा कमिसन माग्ने प्रवृत्ति नियन्त्रण […]

Continue Reading

मूलधारका दलले एक-अर्कालाई दोष देखाएर समस्या बाट भाग्न मिल्दैन् : मुख्यमन्त्री कँडेल ।

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मूलधार ठूला तीन दलले एक अर्कालाई दोष देखाएर समस्या बाट भाग्न नमिल्ने बताएका छन् । सुर्खेतको रामघाटमा बुधबार नवनिर्मित प्रहरी चौकीको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले दलहरूले पक्षविपक्षमा उभिएर एक-अर्कोको खण्डन गरि अहिले बनिरहेको निराशावादी बातावरणले आम जनताको विश्वास जित्न नसकिने बताएका हुन । दलीय मतभिन्नतालाई थाती राखेर जनतमाझ आशा […]

Continue Reading

अस्पताल व्यवस्थापन चुस्तदुरुस्त बनाउनुपर्ने : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालको व्यवस्थापन चुस्तदुरुस्त बनाउनुपर्ने बताएका छन । उनले अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई तत्काल आवश्यक सुधार गरि सेवा छिटोछरितो गर्नुपर्ने बताएका हुन ।सोमबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विगत देखि अस्पताल सेवाप्रति नागरिकको गुनासो बढ्दै गएको भन्दै अब गुनासो आउने अवस्थालाई पूर्णविराम लगाउनुपर्नेमा जोड दिए। […]

Continue Reading

कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा विद्याको सदस्यता कायम हुँदैन : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराएका छन्। पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उनले एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका साहसहितका नेता तथा कार्यकर्तालाई एमाले पार्टीमा प्रवेश गराएका हुन्। यस्तै,आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव,फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख […]

Continue Reading

सरकारलाई फेसबुकको जवाफ : तिमीहरूको कानून मान्दिनँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुकको माउ संस्था मेटाले तिमीहरूको कानून मान्दिनँ भनेर ठाडै जवाफ दिएको खुलासा गरेका छन्। मन्त्री गुरुङले नेपालमा दर्ता हुन पटक–पटक आग्रह गर्दा पनि मेटाले नेपालको संविधान र कानून नमान्ने जवाफ फर्काएको समेत खुलासा गरे। राष्ट्रियसभाको मंगलवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन्। […]

Continue Reading

वार्षिक खरिद योजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयको अगुवाइमा खरिद योजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालयको समग्र योजना निर्माणसँगै वार्षिक खरिद योजना निर्माणका लागि सोमवार केन्द्रीय प्रशासनिक भवन अवस्थित विभिन्न निकायका प्रशासन, लेखा, स्टोर सम्बद्ध कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा.बिष्णुकुमार खड्काले विश्वविद्यालयको मूल […]

Continue Reading

करार कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश ।

सर्वोच्च अदालतले करारका कर्मचारीहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन आज परमादेश जारी गरेको छ। सोमबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले करारका कर्मचारीहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन परमादेश जारी भएको हो । एकीकृत सरकारी कर्मचारी संगठनको तर्फबाट उपाध्यक्ष श्यामप्रसाद सापकोटाको असार १६ मा सर्वोच्चमा रिट दायर परेको थियो । रिट निवेदनमा कर्मचारीहरूले आफूहरूलाई विभेद […]

Continue Reading

मन्त्रालय बाट आउने समस्या समाधान बाटो खोज्दै कर्णाली प्रदेश विकास समिति ।

सुर्खेत । कर्णाली प्रदेश विकास समस्या समाधान समितिले मन्त्रालयगत आऊने समस्याहरू समाधानका लागी बाटो खोज्न थालेको छ। सोमबार मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेकाे प्रदेश विकास समिति बैठकले मन्त्रालयस्तरीय आएका बिभिन्न विकास समस्यालाई समाधान गर्न बाटो खुलाउने गरि विभिन्न निर्णय गरेको हो। कर्णाली प्रदेशको अनुगमन तथा मूल्यांकन निर्देशिका, २०७५ को दफा ५ मा भएको व्यवस्थाअनुसार कर्णाली […]

Continue Reading