सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयको अगुवाइमा खरिद योजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालयको समग्र योजना निर्माणसँगै वार्षिक खरिद योजना निर्माणका लागि सोमवार केन्द्रीय प्रशासनिक भवन अवस्थित विभिन्न निकायका प्रशासन, लेखा, स्टोर सम्बद्ध कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा.बिष्णुकुमार खड्काले विश्वविद्यालयको मूल नेतृत्वको भावना अनुरुप योजना निर्माणमा टप टु बटम नभई बटम टु टप अवधारणा प्रयोग गरी विश्वविद्यालयका योजना निर्माणसँगै कार्यान्वयनमा प्रभावकारिता ल्याउन मस्तिष्क मन्थन गरेर योजना निर्माणमा परिपक्वता ल्याउन यस किसिमको प्रारम्भिक कार्यक्रम गरिएको बताएका छन । उनले कर्मचारीहरुबाट प्राप्त सुझावलाई मनन गर्दै आवश्यकता अनुरुप विभिन्न निकायमा चरणबद्ध छलफल गरी योजना निर्माणको खाकालाई अन्तिम रुप दिने जनाएका हुन।

निर्देशक डा. विष्णुकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशकत्रय डा. लक्ष्मीप्रसाद आचार्य (पाठ्यक्रम विकास निर्देशनालय), डा. यदुप्रसाद ज्ञवाली (अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालय) र डा. सुशीलकुमार शाहीज्यू (गुणस्तर सुनिश्चितता निर्देशनालय) लगायतले खरिद सम्बन्धी आफ्नो धारणा राखेको बिश्वबिधालयका कर्मचारी शेरबहादुर केसीले जानकारी दिए ।
