नेपालगन्जमा चैत्र ८ गते “एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर २०२२” हुँदै

नेपालगन्ज : त्यसो त पछिल्लो समय कोरोनाको कहर कम हुँदै गएपछि वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढ्दो छ। मुख्यतया अमेरिका, अष्ट्रेलिया , क्यानडा र यूके जस्ता देशहरु विद्यार्थीहरुको रोजाइमा पर्ने गरेका छन्। यही कुरालाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले “एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२”को आयोजना गर्नेभएको छ।एजुकेसन फेयर चैत्र ७ गतेदेखि नेपालका […]

Continue Reading

नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुर शाखा गठन, अध्यक्षमा खनाल

नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुर शाखा गठन भएको छ । व्यावसायी ज्ञानेन्द्र खनालको नेतृत्वमा २५ सदस्यिय समिति गठन भएको हो । आज कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुर नगर कमिटि बिस्तार गरिएको हो । नेकपा एमाले निकट भातृ संगठनको रुपमा रहेको संगठनको पछिल्लो समय तिब्र रुपमा पालिका स्तरमा समिति निर्माण गर्न लागिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रिय […]

Continue Reading

सीआइबीको अनुसन्धान घेरामा प्रियंका कार्की

नायिका प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानको घेरामा परेकी छिन् । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा उनलाई सीआइबीले उनलाई अनुसन्धानको घेरामा ल्याएको हो । उनी आइतबार ब्यूरोमा बयान दिन पुगेकी थिइन् । उनले, बयानमा के भनिन् भन्ने खुलेको छैन । उनले केही समय अगाडि सामाजिक संजालबाट क्रिप्टोकरेन्सीको प्रचार गरेकी थिइन् । जहाँ, उनले आफूले […]

Continue Reading

इलाममा एमालेको शक्ति प्रदर्शन

एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार इलामको सूर्योदय नगरपालिकामा आएका छन् । यहाँ आयोजित जनसभामा सहभागी हुन उनी इलाम आएका हुन् । फिक्कल चोकमा आयोजित जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्दैछन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्दैछन् । फिक्कल बजार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । सो बजारमा आयोजित कार्यक्रममा विभिन्न […]

Continue Reading

सरकारबाट बाहिरिए पनि एमाले जनतासँगै छ : पोखरेल

सुर्खेत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनसँगै रहेको बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले एमाले जनता सँगै रहेको बताएका हुन् । पोखरेलले भेलालाई सम्बोधन गर्दै भने, ‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो । जनताको मनबाट बाहिरिएको छैन् । आम जनाताहरूको […]

Continue Reading

मतदान केन्द्रमा सीसीटीभी क्यामेरा जडान अनिवार्य, केन्द्रबाट अवलोकन गर्ने

काठमाडौँ – आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गरेको छ । निर्वाचन आयोगले मतदान सम्पन्न भइसकेपछि मतपेटिकाको भण्डारण र मतगणनालाई पारदर्शी बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गरेको हो । सीसीटीभी जडान गरेपछि निर्वाचन आयोगले केन्द्रबाटै त्यसको अनुगमन गर्ने भए पनि जनाएको छ । […]

Continue Reading

रेडपाण्डाको छाला र चरेशसहित नेपालगन्जबाट ६ जना पक्राउ

बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेशसहित ६ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको नर्सिङहोम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विकलाई प्रहरीले रेडपाण्डाको छालासहित पक्राउ गरेको हो । रेडपाण्डाको छाला बिक्रीवितरण हुँदैछ भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट प्रहरी […]

Continue Reading

चुनाव प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ देखि भने त्यस्तो अवस्था कम हुने सकारात्मक सङ्केत देखिएको छ ।विगतका निर्वाचनमा दलहरूले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरूपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । तर, आगामी वैशाख ३० गते हुने स्थानीय […]

Continue Reading

लागु औंषधसहित जमुनाहबाट एकजना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी नायव निरीक्षक मीनबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका १८ बस्ने २२ वर्षका बिकाश बिकलाई पक्राउ गरेको हो । नेपालमा प्रतिबन्धित ट्रमाण्डो ८०० ट्याब्लेटसहित उनि पक्राउ परेका हुन । उनले कम्मरको बेल्डमा उक्त लागु औषध भारतबाट नेपाल भित्र्याएका थिए । उनिमाथि थप […]

Continue Reading

दाङ-प्युठान सीमानामा बस दुर्घटना, एकको मृत्यु

दाङ । दाङको सीमा क्षेत्र तथा प्युठानमा शनिवार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ–प्युठान सीमानामा क्षेत्रमा दुर्घटना भएको हो । प्युठानको माण्डवी गाउँपालिका–२ सेतो पहरनजिक दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै १२ यात्रु घाइते भएका छन् । ना३ख […]

Continue Reading