नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुर शाखा गठन, अध्यक्षमा खनाल


नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुर शाखा गठन भएको छ । व्यावसायी ज्ञानेन्द्र खनालको नेतृत्वमा २५ सदस्यिय समिति गठन भएको हो । आज कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुर नगर कमिटि बिस्तार गरिएको हो ।

नेकपा एमाले निकट भातृ संगठनको रुपमा रहेको संगठनको पछिल्लो समय तिब्र रुपमा पालिका स्तरमा समिति निर्माण गर्न लागिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष डेकनाथ गौतमले जानकारी दिए ।

उनले भने स्थानीय चुनाव नजिकिदै गर्दाै संगठनहरु निर्माणमा जोड गरिएको गैतमले बताए । व्यबसायिहरुको संगठन भएको हदा व्यबसायीहरुके हकहितमा काम गर्ने नै छ पार्टिलाई सुदृढ र मजबुद बनाउने काम पनि यो संघको रहने छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र्यि व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भाष्कर काफ्लेले संघको काम पहिलानै गर्नु पर्ने भएता पनि र्पार्टिको अस्थिर अबस्था र माओबादीहरुको मनोकांक्षा नभएको हुदा बिस्तार हुन नसकेको बताए । पछिल्लो समय एमालेले आफ्नो गति लिदै गएको अबस्थामा एमालेका जनबर्गिय संगठनहरु निर्माण कार्यलाई तिब्रता दिइएको समेत जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *