नेपालगन्जमा चैत्र ८ गते “एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर २०२२” हुँदै


नेपालगन्ज : त्यसो त पछिल्लो समय कोरोनाको कहर कम हुँदै गएपछि वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढ्दो छ। मुख्यतया अमेरिका, अष्ट्रेलिया , क्यानडा र यूके जस्ता देशहरु विद्यार्थीहरुको रोजाइमा पर्ने गरेका छन्।

यही कुरालाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले “एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२”को आयोजना गर्नेभएको छ।एजुकेसन फेयर चैत्र ७ गतेदेखि नेपालका १० प्रमुख शहरमा हुने बताइएको छ। आइतबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक्सपर्टको नेपालगन्ज शाखाले विस्तृत जानकारी गराएको हो।

नेपालगन्जमा भने उक्त एजुकेसन फेयर यहीँ चैत्र ८ गते एक्सपर्ट एजुकेशन नेपालगन्ज शाखाको कार्यालयमा हुने शाखा प्रबन्धक सुनिल खड्काले बताए।

नेपालगन्ज शाखाका प्रबन्धक खड्काका अनुसार मुख्यतया अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूके गरि ४ देशमा अध्यन गर्न जाने इच्छा एवम् सोच बनाएका विद्यार्थीलाई निशुल्क काउसिलिङ गर्ने उद्देश्यले एजुकेसन फेयरको आयोजना गर्न लागिएको एक्सपर्ट नेपालगन्जका सिइओ सन्तोष शर्माले बताए। शर्मा एजुकेसन फेयरकै लागि भनेर अष्ट्रेलियाबाट नेपालगन्ज आएका हुन् ।

एजुकेसन फेयरमा अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूकेका करिब २८ कलेजका प्रतिनिधिद्वारा विद्यार्थीलाई काउन्सिलिङ गराइनेछ । फेयरमा करिब २ सय बढी विद्यार्थीहरु सहभागी हुन सक्ने अनुमान गरिएको छ।

एजुकेसन फेयरबाट विद्यार्थीहरुलाई धेरै सहायता मिल्ने समेत अनुमान गरिएको छ। काउन्सिल निशुल्क हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *