नेपालले आफूलाई प्रधानमन्त्रीबाट हटाउन देउवाकोमा प्रस्ताव लिएर गएको ओलीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ काँग्रेस सभापति शेर बहादुर देउवा कहाँ ल्याप्चे लगाउन आफ्नै दलका नेताहरू गएको आरोप लगाएका छन् । बुधबार नेपाल भूमिहीन सुकुम्वासी सङ्गठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै देउवासमक्ष ल्याप्चे लगाउन गएको आरोप लगाएका हुन् […]

Continue Reading

अनेरास्ववियूको मसाल जुलुस

काठमाडौं, माघ २१ । नेकपा दाहल-नेपाल समूह पक्षधर अनेरास्ववियूले बुधबार राजधानीमा मसाल जुलुस निकालेको छ । बिहीबार राष्ट्रव्यापी आम हड्ताल सफल बनाउन अनेरास्ववियूले राजधानीमा मसाल जुलुस निकालेको छ । केन्द्रिय कार्यालय बागबजारबाट निस्कएको जुलुस पद्यमन्या क्याम्पस पुगेर रत्नपार्क छेउ फर्किएको थियो । तेसैगरी कान्तिपुर सिटि कलेज पुतलीसडकबाट निस्किएको जुलुस भने पध्मोदय चोक हुँदै वाल्मीकि क्याम्पस, […]

Continue Reading

खोपको मात्रा पुरा गरेका पर्यटकले निर्वाध घुमफिर गर्न सक्ने

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने यात्रुको हकमा लगाएको होटेल क्वारेन्टिनको नीति खुकुलो बनाएको छ । ११ माघको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला मन्त्रालयहरुमा पठाएको छ । नयाँ निर्णय अनुसार अब भाइरस नदेखिएको मुलुकबाट सिधै वा संक्रमण नभएको मुलुकमा ट्रान्जिट भई हवाई मार्गबाट नेपाल आउने यात्रु मात्र रहेको उडानबाट आएका यात्रुलाई […]

Continue Reading

सुनको जलहरिबारे प्रधानमन्त्रीले भने – नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मुल शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निर्णयको बचाउ गरेका छन् । प्रधानमन्त्रीकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषले गत साता मात्र शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निण गरेको थियो, जसको आलोचना भइरहेको छ । विरोध गर्नेहरुमध्ये कतिपयले पशुपति क्षेत्रमा रहेका दर्जनौं मन्दिर एवं सत्तलहरू अलपत्र छाडेर समृद्धि देखाउन सुनको जलहरि बनाएको […]

Continue Reading

भूमि आयोगको ७७ वटै जिल्ला समिति गठन

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्ला समिति गठन भएको छ । १५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन गरेको हो ।आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ ।

Continue Reading

भारत देखी नेपालसम्म सिधा यातायात सेवा दिदै न्यु स्वर्गद्वारी

नेपालीहरु रोजगारीको सिलसिलामा नेपाल देखि भारतसम्मको दुरि तय गर्छन् । चाडपर्वमा नेपाल आउने र पुनः श्रम गर्न छिमेकी राष्ट्र भारत पुग्नु पर्ने बाध्यता धेरैको छ । नेपाल देखी भारत सम्म र भारतको विभिन्न शहर देखी नेपालसम्मको यात्राको क्रममा विभिन्न लुटपाटको घटना हुने गरेका थिए त्यही समस्यालाई नै मध्यनजर गर्दै प्रेम बिश्वकर्माले भारतमा न्यु स्वर्गद्वारी टुर्स […]

Continue Reading

कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु

सुर्खेत । दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुराँस गाउँपालिका–५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार उनको आइतबार बिहान बिहान ११ः२७ बजे मृत्यु भएको हो । ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने तथा […]

Continue Reading

खेलकुदसंग प्रधानमन्त्री कार्यक्रम हुँदै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माघ २० गते ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयं खेलाडी, प्रशिक्षक र खेलकर्मीमाझ उपस्थित भएर खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने कार्यक्रम आयोजना गरेको राखेपले जनाएको छ । कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा भवनमा अपरान्ह १ […]

Continue Reading

पाँच दिनमा ८८ हजारले लगाए कोरोना खोप

कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच […]

Continue Reading

काठमाडौंमा भेटियो बर्ड फ्लुको संक्रमण

काठमाडौंको तारेकेश्वर नगरपालिकामा बर्ड फ्लू देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो । त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले बिज्ञप्तीमार्फत जनाएको […]

Continue Reading