कर्णाली प्रदेशमा यो वर्ष ३७ हजार विद्यार्थीले एसईई दिदै

नियमिततर्फ ३१ हजार आठ सय चार, ग्रेडबृद्धितर्फ ६ हजार एक सय सात र प्राविधिकतर्फ एक हजार तीन सय ४२ विद्यार्थी छन् । गत वर्ष कर्णालीबाट ३५ हजार आठ सय आठ विद्यार्थी एसईईमा सहभागी भएका थिए । यो वर्ष झण्डै दुई हजार विद्यार्थीको संख्यामा वृद्धि भएको हो । गत वर्ष कूल विद्यार्थी संख्याको ५८ प्रतिशत विद्यार्थी […]

Continue Reading

काठमाण्डाैमा राप्रपाकाे माेटरसाइकल र्‍याली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाण्डौमा मोटरसाइकल र्‍याली निकालेको छ । बबरमहलबाट शुरू भएको मोटरसाइकल र्‍याली थापाथली, त्रिपुरेश्वर सुन्धारा हुँदै दरबारमार्ग पुगेको थियो । र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेता तथा कार्यकर्ता सहभागी भएका छन् । र्‍यालीमा सहभागी भएकाहरूले राष्ट्रिय झण्डा बोकेका छन् । उनीहरूले राजतन्त्र पुनर्बहालीको माग गर्दै नारासमेत लगाएका छन् ।

Continue Reading

बुधवार संसद्‍मा पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची

भोलि मध्याह्न १ बजेका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ […]

Continue Reading

दशौँ राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिकोको मंगलबार बसेको बैठकमा कँडेलले पटक–पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौल बनाएको बताएका हुन् । यस्तो गतिविधिले जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न खेलकुद परिषद्लाई कँडेलले आग्रह गरे । […]

Continue Reading

उत्पीडित जनता अझै अधिकारको प्रतीक्षामा छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताएका छन्। कैलालीको टीकापुरमा आज आयोजित थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा उनले उत्पीडित जनता अहिले पनि आफ्नो अधिकारको पर्खाइमा रहेको बताए। “यो व्यवस्था ल्याउनमा उत्पीडित जाति, वर्ग र समुदायको महत्वपूर्ण भूमिका थियो र छ। तिनको अधिकार […]

Continue Reading

स्ववियु चुनाव प्रक्रिया शुरू, आज सङ्घ–सङ्गठन दर्ता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्ववियु चुनावको प्रक्रिया आजदेखि शुरू भएको छ । तालिका अनुसार चुनाव हुने क्याम्पसहरूमा आज सङ्घ–सङ्गठन, समूह दर्ता गर्ने कार्यक्रम छ । त्यसका लागि सङ्घ–सङ्गठन, समूहको लेटरप्याडमा निवेदन पेश गर्नुपर्नेछ । आउँदो चैत ५ गते हुने मतदानका लागि देशभरका क्याम्पसहरूमा आज दिउँसो ३ बजेसम्म सङ्घ–सङ्गठन दर्ताको कार्यक्रम राखिएको हो । त्यसपछि पर्सि […]

Continue Reading

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनको भेट

प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ। राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तरराष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन्। भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका […]

Continue Reading

प्रधानमन्त्रीजी! यु आर फेल‚ पद छोड्नुस् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। आइतवार धनुषामा जनतासँग माओवादी तराई-मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारको काम कारबाहीमा सरकार सञ्चालन गरेयता प्रधानमन्त्री ओलीले उत्तीर्णाङ्क समेत नल्याएको भन्दै राजीनामा दिन आग्रह गरे। उनले प्रधानमन्त्री ओलीले शिक्षकमाथि गाली गरेको भन्दै आफैँ […]

Continue Reading

प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्। फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उनले सम्बोधन गर्ने निश्चित भएको मुख्यमन्त्री यामलाल कँडेलले बताए । मुख्यमन्त्री कँडेलले आइतबार ओलीलाई यससम्बन्धी पत्र हस्तान्तरण गरिसकेका छन् । काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर उनले निम्तापत्र हस्तान्तरण गरेका हुन् । केही अघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई […]

Continue Reading

गृह संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन गरिएको छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्चितता गर्न कानून कार्यान्वयनका लागि गृह मन्त्रालयका संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन गरिएको दाबी गरेका छन्।​ राष्ट्रियसभाको आइतवारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन्। उनले स्रोत र साधनको सीमितताको बीच कार्यसम्पादन गर्नु परिरहेको हुँदा कतिपय विषयमा अपेक्षानुरूप काम हुन नसकेको समेत बताए। […]

Continue Reading