कर्णाली प्रदेशमा यो वर्ष ३७ हजार विद्यार्थीले एसईई दिदै


नियमिततर्फ ३१ हजार आठ सय चार, ग्रेडबृद्धितर्फ ६ हजार एक सय सात र प्राविधिकतर्फ एक हजार तीन सय ४२ विद्यार्थी छन् । गत वर्ष कर्णालीबाट ३५ हजार आठ सय आठ विद्यार्थी एसईईमा सहभागी भएका थिए । यो वर्ष झण्डै दुई हजार विद्यार्थीको संख्यामा वृद्धि भएको हो । गत वर्ष कूल विद्यार्थी संख्याको ५८ प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउनेगरी ननग्रेडेड भएका थिए ।

कर्णालीमा यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न एक करोड ३९ लाख ३० हजार पाँच सय रुपैयाँ खर्च हुने निर्देशनालयले जनाएको हो । कर्णालीका १० जिल्लामध्ये एसईईमा सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागी हुँदैछन् । सुर्खेतबाट नौ हजार पाँच सय १३ विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *