नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित

आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएकाे छ । जिम्बावेले दिएकाे ३ सय ४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयाे । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान राेहित पाैडेलले ३०, […]

Continue Reading

नागरिकता ऐन कार्यान्वयन गर्न बाटाे खुल्याे, सर्वाेच्चले अन्तरिम आदेश दिएन

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । सर्वोच्चले विधेयकविरुद्धको आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन यसअघि डा. मनोजकुमार शर्माकाे अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने […]

Continue Reading

विवादित बन्दै कर्णालीको बजेट

कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई लिएर यतिबेला विवाद चर्किँदै गएको छ । आइतबार अर्थमन्त्री बेदराज सिंहले पत्रकार सम्मेलन गर्दै सरकारी जागिरे व्यक्तिबाटै विचौलिया शैलीमा बजेट निर्माणमा दबाब आएको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि नै बजेटलाई लिएर विवाद चर्किएको हो । मन्त्री सिंह स्वयंले बजेट निर्माणमा प्रदेश योजना आयोगका कर्मचारीबाट दबाब आएको […]

Continue Reading

कर्णाली प्रहरी ऐनमा सांकेतिक भाषाको दोभाषे व्यवस्था गरिने

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश प्रहरी ऐनमा मुद्दा चल्ने प्रदेशका प्रहरी कार्यालयहरुमा सांकेतिक भाषाका लागि दोभाषेको व्यवस्था गर्ने बताएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष वसन्त जैसीको नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटघाट कार्यक्रममा मन्त्री जिसीले आपाङगता भएका व्यक्तिहरुको उजुरी लिन, मुद्दाहरुलाई अन्यत्र मोड्न नदिन तथा […]

Continue Reading

मौलिक हकसम्बन्धी कानुन तत्काल बनाउन सांसदहरूको माग

संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएका रोजगारी, खाद्य सुरक्षा र आवासलगायत हक कार्यान्वयनका लागि कानुन नबन्दा समस्या आएकाले छिटो आवश्यक कानुन बनाउन सांसदहरुले माग गरेका छन्। विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटको छलफलमा भाग […]

Continue Reading

कर्णालीका अर्थमन्त्रीलाई बजेट निर्माणमा दवाव दिने आयोगका कर्मचारी बर्खास्त

कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणका क्रममा बिचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने एक जना कर्मचारीलाई कारबाही गरेको गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर कर्मचारीलाई कारबाही गरेको जानकारी दिएको हो । आयोग स्रोतका अनुसार कम्प्युटर अपरेटर जाजरकोटका रमेशकुमार शाहीलाई वर्खास्त गरिएको हो। स्रोतका अनुसार शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीका सचिवालयका कर्मचारीलाई योजना पारिदिनका लागि […]

Continue Reading

विश्वकप छनोट : नेपाल ६ विकेटले विजयी

आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले पहिलो जित निकालेको छ। छनोटअन्तर्गतको आज (मंगलबार) भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो। जितका लागि अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालको जितमा भीम सार्कीले अविजित रहँदै ७७ रनको योगदान गरे। दिपेन्द्रसिं ऐरीले अविजित ३९ र कुशल भूर्तेलले ३९ […]

Continue Reading

चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैदको फैसला, ६ अर्ब १६ करोड रुपैयाँका दरले जरिबाना

विशेष अदालतले कर फर्स्याेट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज सजाय जरिबानाको फैसला तोकेको हो । फैसला अनुसार लुम्बध्वज महतलाई […]

Continue Reading

समाजवादी मोर्चा आवेगमा गठन गरिएको होइन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षणिक र आवेगमा समाजवादी मोर्चा गठन नगरिएको बताएका छन्। मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले धेरै ठूलो संघर्ष दुःख कष्ट र कमजोरीबाट पाठ सिक्दै प्रतिगमनका विरुद्ध नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धताका साथ गठन गरिएको बताए। उनले यो कसैका विरुद्ध परिलक्षित नरहेको बताए। ‘मोर्चा कसैका विरुद्ध परिलक्षित छैन। […]

Continue Reading

कर्णाली नदीमा जीप खस्दा चालक घाइते

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट जीप खस्दा चालक घाइते भएका छन्। सोमबार बिहान हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको जीप कर्णाली नदीमा खस्दा चालक जनकपुरका २५ वर्षीय राजेश लामा घाइते भएका हुन्। हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब […]

Continue Reading