कर्णालीका अर्थमन्त्रीलाई बजेट निर्माणमा दवाव दिने आयोगका कर्मचारी बर्खास्त


कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणका क्रममा बिचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने एक जना कर्मचारीलाई कारबाही गरेको गरेको छ ।

आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर कर्मचारीलाई कारबाही गरेको जानकारी दिएको हो । आयोग स्रोतका अनुसार कम्प्युटर अपरेटर जाजरकोटका रमेशकुमार शाहीलाई वर्खास्त गरिएको हो।

स्रोतका अनुसार शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीका सचिवालयका कर्मचारीलाई योजना पारिदिनका लागि आग्रह गरेका थिए। उनले योजनाहरुको लिष्ट म्यासेन्जरमार्फत पठाएर योजना कितावमा समावेश भएमा बजेटको पाँच प्रतिशत रकम दिने प्रलोभन दिएका थिए। मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीले आयोगका कर्मचारीका योजना समावेश नहुने बताएपछि म्यासेन्जरमार्फत ‘धम्की’ दिएका थिए।

यसअघि पत्रकार सम्मेलनमा अर्थमन्त्री बेदराज सिंहले आयोगका मान्छेबाट बजेट निर्माणका क्रममा दबाब, आफ्नो ठाउँमा योजना पार्न बार्गेनिङ भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *