कर्णाली नदीमा जीप खस्दा चालक घाइते


हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट जीप खस्दा चालक घाइते भएका छन्। सोमबार बिहान हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको जीप कर्णाली नदीमा खस्दा चालक जनकपुरका २५ वर्षीय राजेश लामा घाइते भएका हुन्।

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए।

जीप दुर्घटनामा पर्न लागेपछि लामाले हाम फालेका थिए। उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ। जीपमा चालकसहित १३ सवार थिए। उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएकाले अन्य क्षति नभएको प्रनाउ भट्टराईले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *