रेशम चौधरीलाई पक्राउ गर्ने पत्र अनधिकृत : सर्वोच्च अदालत

सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्नेसम्बन्धी पत्र आधिकारिक नरहेको जनाएको छ । सर्वाेच्चको पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति निकालेर सर्वोच्चका कर्मचारीले अनधिकृत पत्र लेखेको जानकारी गराउनुभएको हो । विज्ञप्तिमा अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाही प्रक्रिया शुरू भएको उल्लेख छ । सर्वोच्च अदालतको […]

Continue Reading

राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु !

जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । उनको सोमबार राति साढे नौ बजेतिर मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिनुभयो । अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हो । राउटे समुदायका तीन जना मुखिया हुन्छन् । राउटे समुदायमा तीन […]

Continue Reading

राष्ट्रपति पौडेलले शुक्रवार सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नुहुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराउनुभएको हो । सभामुख घिमिरेका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ साल वैशाख १९ गते शुक्रवारका दिन ३ बजे […]

Continue Reading

शिक्षक आन्दोलनको आज २८औं दिन : वार्ता सकारात्मक भए पनि महासङ्घले आन्दोलन नरोक्ने

काठमाण्डौ केन्द्रित शिक्षकहरुको आन्दोलन आज २८औं दिन पुगेको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको आन्दोलन नरोकिने बताउनुभएको छ । गएराति सरकारसँग भएको वार्तामा ठोस सहमति जुट्न नसकेको भन्दै उहाँले आफूहरुले मागेअनुसार राज्यले दिन नचाहेको टिप्पणी गर्नुभएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भएको थियो । सरकारकोतर्फबाट वार्ताको नेतृत्व […]

Continue Reading

पोखरा विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचार भएकाे ठहरसहित संसदीय उपसमितिले प्रतिवेदन बुझायाे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित संसदीय उपसमितिले प्रतिवेदन बुझाएको छ । उपसमितिका संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाउनुभएको हो । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले २०८१ असार १४ गते भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन गरी छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमिति […]

Continue Reading

कर्णालीमा बजेट निर्माणको चटारो, आकार बढाउने तयारी

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३) को नीति तथा कार्यक्रम र बजेट निर्माणको कामलाई तीव्रता दिएको छ । त्यसका लागि सम्बन्धित निकाय, मन्त्रालयका सचिव तथा कर्मचारीहरूबिच बजेटका विभिन्न पक्षलाई लक्षित गर्दै छलफल तथा बहस भइरहेका छन् । प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउँछन् । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले मन्त्रालयहरूलाई […]

Continue Reading

शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदको माग

सांसदहरूले काठमाण्डाैमा प्रदर्शनरत शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद भएकाे भन्दै शिक्षकहरूमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने बताए । साथै विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन् । नेकपा (माओवादी […]

Continue Reading

कर्णाली प्रदेशको कार्यसम्पादन कमजोर, मुख्यमन्त्रीनै असन्तुष्ट

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना बिताइसकेको छ । तेस्रो त्रैमासिक अवधि सकिएको छ तर यो अवधिसम्म सरकारको कार्यसम्पादन भने कमजोर देखिएको छ । त्यसो त प्रदेश सरकार आफैँले पनि अपेक्षित काम गर्न नसकेको स्वीकार गरेको छ । तेस्रो त्रैमासिक समीक्षाका क्रममा सरकार अझै द्रुत गतिमा अग्रसर हुन नसकेको निष्कर्ष निकालिएको हो । मुख्यमन्त्री यामलाल कँडेल स्वयम् […]

Continue Reading

प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएकाे सुशासन आयोगको औचित्यमाथि संसदमा प्रश्न

प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएको सुशासन आयोगको औचित्यतालाई लिएर संसद्‍मा प्रश्न उठेको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा बोल्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् सांसद प्रभु साहले सुशासन आयोगको औचित्य के हो भनेर प्रश्न गर्नुभएको हो । गएको सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीकै अध्यक्षतामा सुशासन आयोग गठन गरेको थियो । आजको बैठकको शून्य […]

Continue Reading

सर्वोच्चमा गगन थापाविरुद्ध अदालतको अवहेलना गरेको निवेदन दर्ता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ। अधिवक्ता अनन्तराज लुईंटेललगायतले थापालाई अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दर्ता गरेका सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिनुभयो। उक्त मुद्दाको सुनुवाई मंगलवारलाई तोकिएको छ । नेता थापाले केही अघि संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनेर बोल्नुभएको थिए।

Continue Reading