खस भाषाको समाचार बुलेटिन सुभारम्भ


कर्णाली प्रदेशमा खस भाषाको समचार बुलेटिन र नेपाल टेलिभिजनको प्रदेश व्यूरो कार्यालय स्थापना भएको छ ।

सोमबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक सेवा प्रशारण नेपाल, नेपाल टेलिभिजनको स्टुडियोसहितको व्यूरो कार्यालय र खस भाषाको समाचार बुलेटिन संयुक्तरुपमा समुद्घाटन् गर्नुभएको हो । नेपाली भाषाको उद्गम स्थल सिंजा राज्यको खस भाषालाई रेडियो नेपालको कर्णाली प्रादेशिक कार्यालयले २६ ओैं भाषाका रुपमा समाचार बुलेटिनका रुपमा प्रशारण गर्नेछ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट सुभारम्भ भएको खस भाषाको प्रशारण कर्णाली प्रदेशका आठ एफएमसहित काहोलपुरस्थित टेलिभिजन प्रशारण केन्द्रबाट प्रशारण हुनेछ । यसले कर्णालीको भाषा, संस्कृतीको विकासमा टेवा पुग्ने विश्वा लिइएको छ ।

सेवा सुभारम्भ गर्दै सूचना, सञ्चार तथा प्रविधि मन्त्री गुरुङले सूचनाको हक जनता माझ पुर्याउनु सार्वजनिक सेवा प्रशारणको दायित्व भएको बताउनुभयो । यसै अनुरुप सार्वजनिक सेवा प्रशारणले नागरिकलाई सूचना प्रवाहलाई पहिलो प्राथमिकतामा राख्न मन्त्री गुरुङले निर्देशन दिनुभयो । सार्वजनिक प्रशारणलाई एकद्वार बनाउन सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकै छातामुनी ल्याएको उल्लेख गर्दै मन्त्री गुरुङले कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको भुगोल, भाषा र संकृतिलाई महत्वका साथ अघि बढाउन कर्णालीमा कार्यालय स्थापना गरिएको बताउनुभयो । सबै भाषा तथा संकृतिको प्रकाशन तथा प्रशारणले विविधतामा एकता कायम गर्न सघाउने मन्त्री गुरुङको विश्वास छ । संघीय सरकारले कर्णालीलाई प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी बजेटमा वित्त आयोगको सिफारिस अनुरुप समपुरक र विशेष अनुदान वृद्धि गरिने उनले बताए । यसले कर्णालीको विकासमा टेवा पुग्ने बताउनुभयो ।

उक्त समारोहमा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली भाषाको उद्गमस्थल सिंजाको खस भाषालाई समाचारका रुपमा प्रशारण गर्न ६ महिनाअघि नीतिगत निर्णय गरेर संघीय सरकारलाई अनुरोध गरिए अनुरुप सेवा सुभारम्भ भएको बताउनुभयो । उहाँले थप व्यभार नबढ्ने गरि भएकै जनशक्तिबाट सातै प्रदेशमा सार्वजनिक सेवा प्रशारणका कार्यालय स्थापना भए संघीयताको मर्म पूरा हुने उनले बताउनुभयो। कर्णालीको भाषिक विविधतालाई उजागर गर्न प्रारम्भ भएको सेवाप्रति प्रदेश सरकारले अपनत्व लिने उनले बताउनुभयो । रेडियो र टेलिभिजनले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गरि आमनागरिकमा सिर्जित निराशा तोड्न भुमिका खेल्नु पर्ने उहाँले बताउनुभयो । सेवा प्रदायकसँगै व्यवसायिक मोडेलमा जनताका आवाज मुखरित हुने गरी अघि बढ्न सकेमात्रै सार्वजनिक प्रशारण संस्थाप्रति जनताको विश्वास बढ्ने उहाँले बताउनुभयो । उहाँले कर्णालीको दुरसञ्चारलाई गुणस्तरीय बनाउन नेपाल टेलिकमको ध्यानाकर्षणसमेत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *