नागपञ्चमीका दिन कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले नागपञ्चमीमा सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै नागपञ्चमीका दिन सार्वजनिक बिदा दिने जनाएको हो। गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद बैठकले नै साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता उत्तम न्यौपानेले जानकारी दिए।

Continue Reading

नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित

नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगकाे उपाधि जितेकाे छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ काे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२३ ले जितेकाे थियाे । यस्तै दाेस्राे सेट भारतले २५–१४ ले जित्याे । यसैगरी तेस्राे सेट नेपालले २५–२२ ले जित्दा चाैथाे […]

Continue Reading

सुशासन प्रत्याभूत भएमात्र दीगो विकास र समृद्धिको आकांक्षा पूरा हुन्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात् गर्नुपर्ने बताएका छन् । नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई सम्बोधन गर्दै उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सुविधामा जनताको […]

Continue Reading

हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय आयोग गठन

सरकारले नुवाकोटमा भएको हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय आयोग गठन गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो। नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा गठित आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेका छन्। जाँचबुझ गरी प्रतिवेदन बुझाउन आयोगलाई एक महिनाको समय तोकिएको सरकारका प्रवक्ता […]

Continue Reading

कर्णालीका मुख्यमन्त्री कँडेललाई दोस्रोपल्ट विश्वासको मत प्राप्त

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन्। मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभासमक्ष प्रस्ताव पेश गरेका थिए। ४० सदस्यीय प्रदेशसभामा ३८ जना सांसद सहभागी थिए। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित भइनन्। सभामुखसहित ३८ […]

Continue Reading

बाढीपहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४औँ बैठकमा गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन्। महोत्तरी, बाँके, कास्की, सङ्खुवासभा, कञ्चनपुर, भोजपुर चितवनलगायतका बाढी–पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय निकाल्न उनले जोड दिए। गृहमन्त्री लेखकले ‘विपद् संवेदनशील […]

Continue Reading

कर्णालीलाई विकट भनिन्छ, कर्णालीलाई विराट भन्नुपर्ने बेला आउँदै छ : उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभई विराट रहेको बताएका छन्। सोमबार काठमाडौंमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कर्णाली पहिला विकट भए पनि अहिले विराट रहेको बताए। उनले कर्णाली सभ्यता, स्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली […]

Continue Reading

मौद्रिक नीतिले बजारको समर्थन पायो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन्। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको सपथ समारोहमा उनले उक्त भनाइ राखेका हुन्। “आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा हो। हामीले अब तीव्र गतिका […]

Continue Reading

माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो १ बजे बस्नेगरी सरेको छ। यसअघि बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो। सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक भएकाले पदाधिकारी बैठक सरेको पार्टीका मुख्यसचिव श्रीराम ढकालले बताए। पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थितिलगायत विषयमा छलफल हुने उनले जानकारी दिए। पार्टीका आन्तरिक गतिविधि र […]

Continue Reading

निजी लगानी आकर्षित गर्न वातावरण सुधार्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताएका छन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन करारबमोजिम आज बुझाएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उनले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताए। पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा महत्त्वपूर्ण हुने भन्दै […]

Continue Reading