सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ

सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त सन्तोष गिरी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई भक्तपुरबाट पक्राउ गरेको हो । गिरीमाथि २०८० फागुन १२ गते वीरेन्द्रनगर नगरपालिका १ गैरीचोक बस्ने विनोद गिरीमाथि गोली प्रहार गरेको आरोपमा ज्यान मार्ने उद्योग, हातहातियार खरखजना तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसपछि […]

Continue Reading

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय

सरकारले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने भएको छ। शुक्रवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्। जेठ ३ गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको हो। त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा.डा. […]

Continue Reading

संसद्‌भित्रको अप्रिय स्थितिको जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्‌भित्र अप्रिय स्थिति सिर्जना भएको र त्यसको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले सभामुखका कारण संसद्‌भित्र त्यो स्थिति सिर्जना भएको बताए। उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरूसँग परामर्श गरेर उनीहरूको निर्देशनअनुरूप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेको बताए। उनले संसद्‌मा जबरजस्ती कार्यसूची […]

Continue Reading

तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना

राई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा धेरै मापन भएको छ । केही दिनदेखि अधिकतम र न्यूनतम तापक्रम बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर तराई क्षेत्रमा अबको तीन दिन तातो हावा […]

Continue Reading

सांसदहरूबीच धकेलाधकेलपछि प्रतिनिधिसभा बैठक स्थगित

सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेलको स्थिति उत्पन्न भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसको अवरोधकैबीच सत्तारुढ दलले पेलेर जान खोजेपछि स्थिति असामान्य बनेको थियो। कांग्रेस सांसदहरूको नाराबाजीकैबीच राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख देवराज घिमिरले धमाधम पढेर सुनाउन थालेपछि अन्य विपक्षी सांसदहरू […]

Continue Reading

पेट्रोलमा ७ रुपैयाँ र डिजेलमा ५ रुपैयाँ घट्यो

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको हो। घटेको मूल्यअुनसार अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५४ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले थाहाखबरलाई जानकारी दिए। […]

Continue Reading

मुख्यमन्त्री कँडेलले गरे मन्त्रिपरिषद् गठन

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री कँडेलले मंगलबार मन्त्रिपरिषद् गठन गरेको बुधबार प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा उल्लेख छ । यसअघि उनकै दलबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए । मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालय आफैसँग राखेका छन् । प्रदेशमा एमालेभित्र […]

Continue Reading

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाइ

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएकाे हाे । उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाण्डाैकाे फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेकाे हाे । यसअघि बलात्कारको कसुरमा दोषी ठहर गर्दै सन्दीपलाई जिल्ला अदालत […]

Continue Reading

लोडसेडिङले कर्णालीवासी आजित, छिटो सक्न मुख्यमन्त्रीको चासो

गर्मीयाम सुरु भएसँगै कर्णालीवासी अघोषित लोडसेडिङको मारमा छन् । यहाँ ‘हावा चल्यो कि विद्युत् गायब’ हुन्छ । यो समस्या विगत तीन दशकदेखिको हो । अनियमित विशेष गरी विद्युत् र ‘लो–भोल्टेज’ले प्रदेश राजधानी वीरेन्द्रनगरको बसाइँ यतिबेला निकै सकसपूर्ण छ । कर्णालीमा आउने लाइन कोहलपुर–सुर्खेत ३३ केभी हो । निकै पुरानो संरचना भएका कारण लोड पर्नासाथ विद्युत् […]

Continue Reading

स्थानीय तहले नागरिकमैत्री काम गरे मात्र सङ्घीयताको औचित्य : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताएका छन्। खैरहनी नगरपालिका चितवनको वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतामा प्रवाह हुने सेवालाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिए। “स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन र सुशासन कायम भएमा मात्रै सङ्घीयताको औचित्य स्थापित हुनसक्छ”, प्रधानमन्त्री दाहालले भने, “त्यसैले स्थानीय जनप्रतिनिधि […]

Continue Reading