सांसदहरूबीच धकेलाधकेलपछि प्रतिनिधिसभा बैठक स्थगित


सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेलको स्थिति उत्पन्न भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसको अवरोधकैबीच सत्तारुढ दलले पेलेर जान खोजेपछि स्थिति असामान्य बनेको थियो।

कांग्रेस सांसदहरूको नाराबाजीकैबीच राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख देवराज घिमिरले धमाधम पढेर सुनाउन थालेपछि अन्य विपक्षी सांसदहरू पनि उभिएर विरोध गरेका थिए।

त्यहीबीचमा सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सांसदहरूबीच नै धकेलाधकेलको अवस्था सृजना भएको हो।

यसपछि सभामुखले हत्तपत्त बैठक भोलि (शुक्रवार) विहान ११ बजे बस्नेगरी स्थगित गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *