नयाँ सत्ता समीकरणले संविधान संशोधन गर्न सहज छैन : सांसद बिष्ट

राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले नयाँ बन्ने सत्ता समीकरणले संविधान संशोधन गर्न सहज नरहेको बताएका छन्। ​आइतवारको राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रले लय ल्याइरहेको वेलामा फेरि पनि देशको संविधानलाई संशोधन गर्ने शर्तसहित नेपाली जनताको मौलिक अधिकार संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, संविधानलाई संशोधन गर्ने शर्तसहित समझदारी भएको कुरा आएको भन्दै […]

Continue Reading

भ्रष्टाचारका फाइल खोलेपछि एक रात पनि टिक्न सकेनन् : गृहमन्त्री लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन्। मंगलवार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तनको प्रयत्न भएको बताए। उनले भ्रष्टाचारका फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने गरी सरकार […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने हुनुभएको छ । का‌ंग्रेस–एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदको सामना गरेर विश्वासको मत दिने धारणा राख्नुभएको हो । बैठकमा पार्टीका नेताहरूले पनि लोकतान्त्रिक प्रक्रियाअनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री […]

Continue Reading

केपी ओली चौथोपटक प्रधानमन्त्री बन्दै

कांग्रेस–एमालेबीचको सहमतिअनुसार नयाँ सरकार गठन भए एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्ने भएका छन्। सोमबार मध्यरातमा दुई ठूला दलबीच भएको सहमति अनुसार आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनी पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यतिवेला १० महिना सरकार […]

Continue Reading

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले असार १७ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको सूचना जारी गरी जानकारी दिएको छ।​ हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन। बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ। मूल्यवृद्धिपछि काठमाडौं, पोखरा […]

Continue Reading

हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्। आइतवार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिनापैसा कुनै पनि सरकारी सेवा प्राप्त गर्ने परिस्थिति नरहेको बताए। उनले भ्रष्टाचार र बेथिति अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको बताए। उनले आफ्नो स्वार्थका निम्ति सरकारी ढुकुटी […]

Continue Reading

नेकपा एसको महाधिवेशन आजदेखि सुरु हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेििख सुरु हुँदैछ। २० गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन आज हुने भएको छ। कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनमा देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधि आउने सुनिश्चित भइसकेको सो पार्टीले जनाएको छ। महाधिवेशन तयारीबारे जानकारी दिन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले […]

Continue Reading

भारतले १७ वर्षपछि जित्यो दोस्रो उपाधि

आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। आज राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो । १० वर्षपछि विश्वकपको फाइनलमा पुगेको भारतसँग पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका भने स्तब्ध भयो। भारतले दिएको १ सय ७७ रनको लक्ष्य […]

Continue Reading

पछिल्लो २४ घण्टामा विपत्तिमा परेर १० जनाको मृत्यु, तीन घाइते

विपदमा परेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोमा पुरिएर ९ जनाको र चट्याङ लागेर दाङमा एक जनाको मृत्यु भएको हो। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ बुलेटिन जारी गरी उक्त जानकारी दिएको हो। गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको […]

Continue Reading

कम्युनिष्टबीच एकता हुन जरुरी छ : एमाले उपाध्यक्ष ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरूका बीच एकता हुन आवश्यक रहेको बताएका छन्। शनिवार काठमाडौँमा पुष्पलाल जन्मशताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताए। उनले कम्युनिष्टहरूका बीचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने पनि बताए। उनले देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने […]

Continue Reading