नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गरेर कांग्रेस र एमालेका नेताहरु शीतल निवासबाट निस्किएका छन्।
कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीले दुई दलको समर्थनसहितको दावी पेश गरेका हुन्।
ओलीलाई प्रधानमन्त्री नियुक्त कहिले भन्ने कुरा राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयमा भर पर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
यद्यपि राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतवार प्रधानमन्त्रीमा नियुक्त गर्नसक्ने शीतलनिवास स्रोतले जानकारी दिएको छ ।
