विश्वासको मत नपाएपछि राष्ट्रपति भेट्न पुगे प्रचण्ड


प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन्।

संसद बैठक सकिएलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न गएको नेकपा माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए।

प्रचण्डले राष्ट्रपतिलाई संविधानअनुसार नयाँ सरकार गठनको आव्हान गर्न आग्रह गर्ने उनले बताए।

नेकपा माओवादी केन्द्र संविधानको धारा ७६ (३) बमोजिम नयाँ सरकार गठन हुनुपर्ने पक्षमा छ।

राष्ट्रपतिले सोहीअनुसार कानुनविद्सँग परामर्श गरेर सरकार गठनको आह्वान गर्ने उनले विश्वास व्यक्त गरे।

शुक्रबार संसदमा विश्वासको मत माग्ने प्रचण्डको प्रस्तावको पक्षमा ६३ र विपक्षमा १९४ मत खसेको थियो। मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो।

संसदमा २५८ सांसद उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *