गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलबाट उडानको माग गरी धर्ना

गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रका प्रतिनिधिहरूले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन्। लामो समयदेखि विमानस्थल पूर्णक्षमतामा सञ्चालनको माग गरिरहेका उद्योगी–व्यसायीले माग सुनुवाइ नभएपछि आज विरोध सभासहित धर्ना गरेका हुन्। उद्योग व्यापार संगठन, रूपन्देही (चेम्बर अफ कमर्श)को अगुवाइमा आज विमानस्थलको मुख्य प्रवेशद्वार छेकेर धर्ना र प्रदर्शन गरेका हुन्। धर्नामा दर्जनौं संघसंस्था ब्यानरसहित […]

Continue Reading

भारत–पाकिस्तान तनाव : नेपालले विमानस्थल र सीमा नाकामा निगरानी बढाउने

केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेकाे बैठकले भारत–पाकिस्तानबीचकाे तनावलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षाा निगरानी बढाउने निर्णय गरेकाे हाे । देशमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी […]

Continue Reading

कर्णाली सरकार र खानेपानी मन्त्रालय बिच लागत साझेदारी पत्रमा हस्ताक्षर

कर्णाली प्रदेशमा संघीयतापछि तीन तहका सरकारको लागत साझेदारीमा निर्माण हुन लागेका ठुला खानेपानी आयोजनामा संघ र प्रदेश सरकार बिच लागत साझदारीमा सम्झौता भएको छ । मंगलबार संघीय खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागितामा साझेदारी गर्ने सम्झौता भएको हो । लागत […]

Continue Reading

वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन

मपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित नेपालको उपचारका क्रममा आज दिउँसो काठमाण्डौकाे थापाथालीमा रहेको नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ७१ वर्षीय नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्थ्यो । केही दिनअघि अस्पताल भर्ना भए पनि आज उहाँलाई आईसीयूमा सारिएको थियो । नेता नेपाल २०१० […]

Continue Reading

कीर्तिपुर क्रिकेट रङ्गशालाको काम दुई महिनामा सक्न  प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग  छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठससिहत […]

Continue Reading

एमालेकै कारण भिखारी बन्यो कर्णाली प्रदेश : महेन्द्रबहादुर शाही

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले एमालेकै कारण कर्णाली प्रदेश भिखारी बनेको टिप्पणी गर्नुभएको छ । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले एमालेले एनजीओको नाममा कर्णालीलाई लुटेको आरोप लगाउनुभएको हो । एनजीओको नाममा कर्णालीको फोटो खिचेर डलर कमाउने कामहरु भएको उहाँको आरोप छ । नेता शाहीले सरकारले अब […]

Continue Reading

नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव

 आउँदाे आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा ३७ वटा संशोधन प्रस्ताव आएको जानकारी दिनुभयो । संसद्‍मा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनहरूमाथि आजदेखि शुरू भएको छलफलमा प्रतिपक्ष सांसदहरूले असन्तुष्टि जनाएका […]

Continue Reading

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

प्रतिनिधिसभामा आउँदो आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि छलफल शुरू भएको हो । नीति तथा कार्यक्रममाथि धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमलाई […]

Continue Reading

कर्णाली प्रदेश प्रमुख उपचारका लागि अमेरिका जाँदै

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका जाने हुनुभएको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले उहाँको विदा स्वीकृत गरेको छ । उहाँ जेठ ५ गतदेखि असार १३ गतेसम्मका लागि अमेरिकामा रहनुहुने छ । सोही अवधिका लागि उहाँको विदा स्वीकृत भएको छ । उहाँको अनुपस्थितिमा कर्णाली प्रदेशको कामु सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख […]

Continue Reading

कर्णालीको बजेट अधिवेशन आह्वान

 कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन २८ बैशाख २०८२ बाट सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजे प्रदेशसभाको बैठक २८ बैशाखमा आव्हानका लागि प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो । प्रदेश सरकारद्वारा आह्वान भएको अधिवेशनबाट […]

Continue Reading