प्रचण्डको मति सप्रिन्छ कि भनेर मौका दिन खोजेको थिएँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डप्रति संकेत गर्दै मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिएको टिप्पणी गरेका छन्। आइतबार मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डतर्फ संकेत गर्दै यस्तो बताएका हुन्। ‘दुईतिहाइका पार्टी फुटाए। फेरि अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो। मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिन […]

Continue Reading

आगलागीका घाइते रानाको मृत्यु

सल्यानको कुमाख गाउँपालिका–४ भण्डारखोलामा भएको आगलागीमा परी गम्भीर घाइते भएका यज्ञ रानाको उपचारका क्रममा मृत्यु भएको छ। भारतको लखनउमा उपचार हुन नसकेपछि फर्काइएका २६ वर्षीय रानाको भेरी अस्पताल नेपालगञ्ज उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। गत सोमबार राति भण्डारखोलामा रहेको किराना पसलमा आगलागी हुँदा ५ जना […]

Continue Reading

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैनः उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताएका हुन्। उनले गठबन्धन दलका नेताहरुबीच छलफल भइरहे पनि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने टुंगो नलागेको बताए। उनले कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री […]

Continue Reading

राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा गिरी र सचिवमा खड्का चयन

नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका देवेश्वर गिरी चयन भएका छन् । आज सम्पन्न भएको अधिवेशनले उनको नेतृत्वमा ३१ सदस्यीय समिति गठन गरेको उपाध्यक्ष मुकुन्द शर्माले जानकारी दिए । उनका अनुसार हाल २८ सदस्यीय कमिटि गठन गरिएको हो । उपाध्यक्षमा शर्मासहित जमानसिंह परियार, ललिता वोगटी, लोकबहादुर शर्मा र शिवराम […]

Continue Reading

कर्णाली प्रदेश सभाको बैठक भोलि बस्दै

कर्णाली प्रदेश सभाको बैठक भोलि (आईतवार) बस्ने भएको छ ।दुई महिनापछि बस्न लागेको प्रदेश सभाको बैठक भोलि दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।सरकारले बैठक आह्वानका लागि आइतबार प्रदेशसभालाई जानकारी गराएको थियो । अहिलेलाई एजेन्डाबिनानै बैठक आह्वान गरिएको छ । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १ बजे बस्ने […]

Continue Reading

माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म सत्ता गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने बताए । ‘प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरुले अलग अलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो, उहाँले आज गरेको रिपोर्ट अनुसार सबै […]

Continue Reading

सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनु र ‘भैंसीको अगाडि बाँसुरी बजाउनु’ उस्तै भएको व्यंग्य गरेका छन्। उनले वर्तमान सरकारलाई सुझाव दिए पनि सरकारले नसुन्ने भएकाले त्यसको कुनै अर्थ नरहेको भन्दै यस्तो व्यंग्य गरेका हुन्। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका उनले सञ्चारकर्मीले […]

Continue Reading

हरित शहरका लागि नमूना काम बुलबुलेबाट गरौं : नगर प्रमुख ढकाल

वीरेन्द्रनगरलाई हरियाली शहरका रुपमा विकास गर्न नमूना कामको शुरुवात बुलबुले उद्यानबाट गर्नुपर्ने नगर प्रमुख मोहनमाया ढकालले बताएकी छन् । डिभिजन वन कार्यालय सुर्खेतलाई उद्यान क्षेत्रको विकाससँगै खाली क्षेत्रमा आकर्षक विरुवा र फूलहरु रोपेर नमूना कार्यका थालनी गर्न सुझाव दिएकी हुन् । प्रदेश राजधानीको शहर वीरेन्द्रनगरलाई कसरी हरियाली प्रवर्द्धन गर्ने भन्ने विषयमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख […]

Continue Reading

नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा भएका छन्। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजीको पहिलो नम्बरमा रहेका कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह ३० वर्षे अवधिले गर्दा अवकाश भएपछि सरकारले कुँवरलाई नयाँ आइजिपीमा नियुक्त गरेको हो। आइजिपीका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दाबेदार […]

Continue Reading

बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्‍व कार्यालय, राजस्‍व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन्। बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। छलफलको क्रममा प्रधानमन्त्रीले भने, ‘राजस्‍व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन्। ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र […]

Continue Reading