आगलागीका घाइते रानाको मृत्यु


सल्यानको कुमाख गाउँपालिका–४ भण्डारखोलामा भएको आगलागीमा परी गम्भीर घाइते भएका यज्ञ रानाको उपचारका क्रममा मृत्यु भएको छ।

भारतको लखनउमा उपचार हुन नसकेपछि फर्काइएका २६ वर्षीय रानाको भेरी अस्पताल नेपालगञ्ज उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

गत सोमबार राति भण्डारखोलामा रहेको किराना पसलमा आगलागी हुँदा ५ जना घाइते भएका थिए। पसल सञ्चालक २४ वर्षीय शंकर राना सहित २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय सञ्जीव शाह गम्भीर घाइते भएका थिए भने १८ वर्षीय क्षेत्रमणि राना सामान्य घाइते भएका थिए।

१८ वर्षीय क्षेत्रमणि डिस्चार्ज भएका छन् भने अन्य तीनजनाको उपचार भइरहेको प्रहरीको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *