नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका देवेश्वर गिरी चयन भएका छन् ।
आज सम्पन्न भएको अधिवेशनले उनको नेतृत्वमा ३१ सदस्यीय समिति गठन गरेको उपाध्यक्ष मुकुन्द शर्माले जानकारी दिए । उनका अनुसार हाल २८ सदस्यीय कमिटि गठन गरिएको हो ।
उपाध्यक्षमा शर्मासहित जमानसिंह परियार, ललिता वोगटी, लोकबहादुर शर्मा र शिवराम केसी निर्वाचित भएका छन् ।
सचिवमा रुकुम पश्चिमका रमेश खड्का निर्वाचित हुँदा सहसचिवमा गोपा बुढा र हंस महतारा निर्वाचित भएका हुन । यस्तै कोषाध्क्षमा पुनम विक चयन भएका छन् ।

