एमाले राष्ट्रिय सहमतिबाट भाग्यो : सांसद पौडेल

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन्। जनमत सबै दललाई मिलेर जाने भए पनि एमाले सो सहमतिविपरीत अघि बढिरहेको उनको जिकिर थियो। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत अनुसार राष्ट्रिय सहमतीको कुरा गर्दा एमाले किन भागेको भनी प्रश्नसमेत गरे। सांसद पौडेलले सहमतीको आधारमा मुलुकलाई […]

Continue Reading

प्रचण्डलाई विश्वासको मत दिँदै कांग्रेस सरकारमा सहभागी हुने

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। सोमबार प्रतिनिधिसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए। साथै उनले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेसमेत बताए।

Continue Reading

सर्वोच्चमा २८ हजार ८११ मुद्दा विचाराधीन

सर्वोच्च अदालतमा हाल २८ हजार ८११ मुद्दा विचाराधीन रहेका छन्। पुराना जिम्मेवारी सारेर ल्याएका ३० हजार ९७ मुद्दा र साउनयता दर्ता भएका ६ हजार १५५ मुद्दा गरी मुद्दाको संख्या ३६ हजार २५२ पुगे पनि यस वर्ष ७ हजार ४४१ मुद्दा अर्थात् २० दशमलव ५३ प्रतिशत फर्छ्योट गरिएको अदालत प्रशासनले जनाएको छ। चालू आर्थिक वर्षको ८ […]

Continue Reading

कर्णालीमा स्ववियु चुनाव: अधिकांश क्याम्पसमा शान्तिपूर्ण मतदान

आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत कर्णालीका अधिकांश क्याम्पसमा मतदान सम्पन्न भएको छ । झण्डै एक दर्जन क्याम्पसहरुमा भएको मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कालिकोटको जनचेतना बहुमुखी क्याम्पसमा भने झडप भएको छ । त्यहाँ भोटिङ हुँदै गर्दा सामान्य विवाद भएको हो । प्रहरी र विद्यार्थीबीच झडप हुँदा नेकपा एमाले निकट अनेरास्ववियूका दुई […]

Continue Reading

शतप्रतिशत सांसदको मत पाउने आशा छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमबारको प्रतिनिधिसभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबार (भोलि) सय प्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन्। उनले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै सोमबार सय प्रतिशत पुग्ने […]

Continue Reading

प्रचण्डलाई भोट दिएर सरकारमा जाने नेकपा एसको निर्णय

नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइत्बार बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिँदै सत्तापक्षमा बस्ने निर्णय गरेको पवक्ता जगन्नाथ खतविडाले जानकारी दिए। प्रतिनिधिसभामा एकीकृत समाजवादी पार्टीका १० जना सांसद रहेका छन्। बैठकले सरकारमा जाने विषयमा कुनै निर्णय गरेको छैन। मन्त्रालयको संख्या यकिन गरेर […]

Continue Reading

काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको इन्डिकेसनमा समस्या, बीच बाटोबाटै फर्कियो

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि १५ माइल उडान भर्नेवित्तिकै फर्किएको छ। बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेसनमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको क्यानका प्रवक्ता जग्गनाथ निरौलाले जानकारी दिए । जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ। यता प्राधिकरणले उडानको […]

Continue Reading

कीर्तिपुर मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन

सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। शुक्रवार विजेता टोलीलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर उनीहरूलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने बताए। उनले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न पनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन […]

Continue Reading

प्रतिपक्षमा बस्दैमा राजनीति सकिँदैन, सबै तयारी अहिले भन्न मिल्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा पुग्ने वित्तिकै राजनीति नसकिने बताएका छन्। उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसके पछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिपक्षमा बस्दैमा राजनीति नसकिने बताए। केन्द्र प्रदेश सबैतिर सत्ता गुमाउँदैछ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले प्रतिप्रश्न गर्दै भने, हाम्रो सिट घट्छ कि के? प्रतिपक्षमा बस्नेवित्तिकै राजनीतिक सकिने भन्ने छ […]

Continue Reading

चैत १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे चैत १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ । शुक्रवार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताउनुभयो । प्रधानमन्त्रीले आज उपराष्ट्रपतिको चुनावपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा […]

Continue Reading