प्रतिपक्षमा बस्दैमा राजनीति सकिँदैन, सबै तयारी अहिले भन्न मिल्दैन : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा पुग्ने वित्तिकै राजनीति नसकिने बताएका छन्।

उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसके पछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिपक्षमा बस्दैमा राजनीति नसकिने बताए।

केन्द्र प्रदेश सबैतिर सत्ता गुमाउँदैछ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले प्रतिप्रश्न गर्दै भने, हाम्रो सिट घट्छ कि के? प्रतिपक्षमा बस्नेवित्तिकै राजनीतिक सकिने भन्ने छ र ? अमेरिकामा रिपब्लिकन पार्टी प्रतिपक्षमा छ उसको राजनीति सकिएको छ त ?’

कांग्रेससँगको सहकार्यबारे अहिले नै भन्ने बेला नभएको ओलीको प्रतिक्रिया थियो ।

आफूले यसअघि कांग्रेसँग सहकार्य हुन सक्दैन भनेर कसम नखाएको भन्ने अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री गगन थापाले गरेको टिप्पणीप्रति पनि ओलीले जवाफ दिए।

‘मैले अस्ति कांग्रेसँग सहकार्य हुँदैन भनेर कसम खाएको छैन भनेको, एक जना चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा भेटघाट हुन्छ भन्नुभएछ। प्रतिपक्षमा भेट्न २०८४ सालसम्म पर्खनुपर्छ ? अहिले भेटघाट हुँदैन ? ’थापाप्रति लक्षित गर्दै ओलीले भने, यस्तो बोल्नुपर्ने अवस्थाले उहाँहरुभित्र गडबडी छ कि भन्ने बुझ्न सकिन्छ।’

तपाईंहरूको अर्को तयारीबारे उहाँ(थापा)लाई जानकारी नभएको हो कि ? भन्ने पत्रकारको प्रश्नमा ओलीले थपे, ‘सबै कुरा मैले तपाईंलाई भने भनेँ तयारी तयारीजस्तो हुन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *