पेट्रोलियम कर ५० प्रतिशत घटाउन निर्देशन

संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । ‘पेट्रोलियम पदार्थको चरम मूल्यबृद्धिबाट पर्न गएको असरलाई तत्काल न्यूनीकरण गरी जनतालाई राहत उपलब्ध गराउन विद्यमान अन्तर्राष्ट्रिय परिवेशबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुने अवधिसम्मका लागि […]

Continue Reading

एमालेद्वारा पोखरा महानगरको नगरसभा बहिष्कार, अलमलमा बजेट घोषणा

नगर सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै कास्कीको पोखरा महानगरपालिकाको नगर सभा एमालेले बहिष्कार गरेको छ। पोखरा महानगरको नगर सभामा एमालेको बहुमत छ। नगर सभामा प्रस्तुत भएपछि मात्र राता किताब छापिनुपर्छ भन्ने माग गर्दै एमालेले बहिष्कार गरेको वडा १७ कि वडाध्यक्ष राधिका योगीले बताइन्। ‘३३ ओटै वडाका बजेट, महानगरको बजेटको बारेमा सेतो किताब […]

Continue Reading

वीरेन्द्रनगरको बजेट १ अर्ब ९४ करोड ११ लाख

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड […]

Continue Reading

११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न आयात, धान/चामल भित्र्याउँदा ४५ अर्बभन्दा धेरै बाहिरियो

सरकारले कृषिजन्य वस्तुको उत्पादन बढाएर आयात घटाउने भने पनि खाद्यान्न आयात भने बढेको बढ्यै छ । ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको भन्सार विभागले जनाएकाे छ । यसमध्ये ४५ अर्ब २९ रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बिउ रहेको छ । यस्तै एक खर्ब १३ अर्ब रुपैयाँको घिउ–तेलजन्य वस्तु र कच्चा […]

Continue Reading

फोहोर फ्याँक्ने विषयमा सुर्खेतका दुई पालिकाबीच विवाद

सुर्खेत । फोहोर व्यवस्थापनको विषयमा जिल्लाका दुई स्थानीय तहबीच विवाद उत्पन्न भएको छ। बराहताल गाउँपालिकाले आफ्नो वनक्षेत्रमा वीरेन्द्रनगर नगरपालिकाले जथाभावी फालेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो। वीरेन्द्रनगर–१ को पश्चिम र बराहताल–१० को पूर्व सीमाना जोडिएको छ। वीरेन्द्रनगर नगरपालिकाले वडा नं. १ को तारेभिर नजिकै फोहोर फाल्छ। सोही स्थानमा फोहोर फाल्दा आफ्नो क्षेत्रमा परेको भन्दै […]

Continue Reading

बजेटलगत्तै गण्डकी प्रदेश सरकारमा ‘शीतयुद्ध’, अर्थमन्त्रीसँग सबै रुष्ट

गत असार १ गते संसदमा आर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गर्नुअघि गण्डकी प्रदेशको मन्त्रिपरिषद्को बैठक बसेको थियो। बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थमन्त्री रामजीप्रसाद बराललाई निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा राख्न भनेका थिए। तर मुख्यमन्त्रीले भने अनुसार संसदमा बजेट आएन। मुख्यमन्त्रीले कार्यक्रमलाई निरन्तरता दिन भनेको वेलामा जवाफस्वरूप मन्त्री बरालले कार्यक्रम यथावत् रहेको बताएका थिए। […]

Continue Reading

प्राकृतिक विपत्तिबाट नागरिकलाई जोगाउन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रतिनिधिसभामा प्राकृतिक विपत्तिबाट नागरिकको जीउधनको सुरक्षा गर्न र सावधानी अपनाउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । काँग्रेस सांसद डा.डिला संग्रौला प्रस्तावक रही सांसदहरु देवप्रसाद तिमिल्सिना र प्रकाश रसाइली स्‍नेही समर्थक रहेको प्रस्तावमा छलफलको विषयगत मन्त्रालयमा गृह मन्त्रालय राखिएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावमा हरेक वर्ष वर्षायाममा संघ, प्रदेश र स्थानीय […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि ,पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढायाे

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ।  गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २७ रुपैयाँ मूल्यवृद्धि गरेको हो। एकैपटक यति धेरै मूल्यवृद्धि गरिएको यो पहिलोपटक हो। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।  अब पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुगेको छ […]

Continue Reading

एसपिपी विवाद : प्रधानमन्त्रीको मौनताप्रति एमालेकाे आशंका !

नेकपा (एमाले)का सांसद ईश्वर पोखरेलले जित र हारको मानसिकताबाट मुक्त भएर एसपिपी सम्झौताको सम्बन्धमा यथार्थ तथ्यको खोजी गर्नुपर्ने बताएका छन्। आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद पोखरेलले अमेरिकी प्रस्ताव स्टेट पार्टनरसिप प्रोग्रामको सम्बन्धमा एकले अर्कोलाई आरोप लगाइएको भन्दै तथ्यको खोजी गर्नुपर्ने बताएका हुन्। ‘यसबीचमा भएका जति पनि पत्राचार छन्, चाहे जंगी अड्डाले रक्षा मन्त्रालयलाई […]

Continue Reading

माधव नेपालले भने- हाम्रा मन्त्री छिट्टै फेरिन्छन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना मन्त्रीहरू छिट्टै फेरिने बताएका छन्। समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा नेपालले ६ महिनाको समय दिएर आफ्नो पार्टीले मन्त्री पठाएको बताए। ‘केहीले सार्वजनिक रूपमै भनिसकेकन छन्। हामी नयाँ मन्त्री पठाइसकेका छौँ। प्रधानमन्त्री र माओवादीका साथीहरू पनि आफ्नो पार्टीमा समस्या आएको कारण केही समय रोकिएको हो’, उनले बताए। […]

Continue Reading