प्रतिनिधिसभामा प्रि–बजेटमाथि १८ घण्टा छलफल हुने

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि झन्डै १८ घण्टा छलफल हुने भएको छ । आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो । कार्यतालिका अनुसार आज […]

Continue Reading

हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने मन्त्री गुरुङ प्रतिबद्धता

संचार सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुलाक निर्देशनालयको भवन शिलान्यास गर्दै मन्त्री गुरुङले वर्र्षाैदेखि परिवर्तन नभएको हुलाक क्षेत्रलाई अब आधुनिकरण गरिने स्पष्ट पारे । मन्त्री गुरुङले भने, “अब म आएको छु, अब परिवर्तन हुन्छ ।” उनले हुलाक सेवा […]

Continue Reading

१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’

 कर्णालीमा पहिलो पटक सञ्चालन गरिएको ‘कर्णाली छोरी सम्मेलन—०८२’ १० बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म चलेको उक्त सम्मेलन श्री ज्योति फाउन्डेसन र कर्णालीको सामाजिक विकास मन्त्रालयको आयोजनामा गरिएको थियो । कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सबल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको निर्माण […]

Continue Reading

खस भाषाको समाचार बुलेटिन सुभारम्भ

कर्णाली प्रदेशमा खस भाषाको समचार बुलेटिन र नेपाल टेलिभिजनको प्रदेश व्यूरो कार्यालय स्थापना भएको छ । सोमबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक सेवा प्रशारण नेपाल, नेपाल टेलिभिजनको स्टुडियोसहितको व्यूरो कार्यालय र खस भाषाको समाचार बुलेटिन संयुक्तरुपमा समुद्घाटन् गर्नुभएको हो । नेपाली भाषाको उद्गम स्थल सिंजा राज्यको […]

Continue Reading

विश्वव्यापी रूपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध शिक्षा महत्त्वपूर्ण : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रूपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्त्वपूर्ण भएको बताउनुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारको […]

Continue Reading

जाजरकोटमा मौरीपालक किसानलाई मौरीसहित २०० घार वितरण

यहाँका मौरीपालन किसानलाई मौरीसहितका घार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटले मौरीको मह उत्पादन क्षेत्रका किसानलाई मौरीसहितका दुई सय घार वितरण गरिएको हो । मौरीको महमा आत्मनिर्भर बनाउन विगत वर्षदेखि काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भेरी नगरपालिका–१, २ र ४, नलगाड नगरपालिका–१, २ र ३, कुसे गाउँपालिका–५ का किसानलाई मौरीसहितका […]

Continue Reading

९ महिनामा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो

चालू आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार नौ महिना अर्थात् साउनदेखि चैतसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा १० दशमलव शून्य प्रतिशतले बढी […]

Continue Reading

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित

राष्ट्रियसभाको आजको बैठकले सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । सरकारले सभामा पेश गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा […]

Continue Reading

सोमबार प्रचण्ड सुर्खेत आउँदै

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत आउने कार्यक्रम तय भएको छ । ‎‎ माओवादी निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्नका लागि उहाँ यहीं बैशाख २९ गते सोमबार सुर्खेत आउन लाग्नुभएको हो । वाईसीएल कर्णालीले आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर यहीं बैशाख २९ र ३० गते […]

Continue Reading

भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत

भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले तत्काल र पूर्ण युद्धविराम गर्न सहमति जनाएका बताउनुभएको छ । अमेरिकाको मध्यस्थतामा लामो समयको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका घोषणा गर्न पाउँदा आफूलाई खुशी लागेको ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेख्नुभएको छ […]

Continue Reading