सार्वजनिक भयो कक्षा १२ को नतिजा, ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। परीक्षा बोर्डको सोमवार साँझ बसेको बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो। बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए। बोर्डको क्यालेन्डर अनुसार साउन १५ भित्र नतिजा सार्वजनि गर्नुपर्नेमा शिक्षक आन्दोलनका कारण केही ढिला भएको हो। गत ११ […]

Continue Reading

प्रधानमन्त्रीसमक्ष त्रिविका उपकुलपतिको शपथ

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले शपथ लिएका हुन्। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए। कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई […]

Continue Reading

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई शिक्षा विधेयकको असहमति बुँदामा सहमति जुटाउन पाँच दिनको समय दिएको छ। आज बसेको समिति बैठकमा पाँच दिनको समय दिँदै बैठक स्थगित गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए। समितिका सदस्यहरूले आजै शिक्षा विधेयक पारित गर्नुपर्ने अडान लिएका थिए तर शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग छलफल गर्न थप […]

Continue Reading

एसईई नतिजा सार्वजनिक !

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । केहीबेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो । यो वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यो गएको वर्षको भन्दा झन्डै १४ प्रतिशतले धेरै हो । गएको वर्ष ४८ प्रतिशत […]

Continue Reading

एसईईमा चित्तबुझ्दो नतिजा आएन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले यसअघिको एसईई परीक्षामा चित्तबुझ्दो नतिजा नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराएर देशका युवाहरूको भविष्यमाथि खेलवाड गरिएको टिप्पणी गर्नुभयो । उहाँले यसवर्षको एसईई मा विगतको भन्दा नतिजामा सुधार आउने अपेक्षा राख्नुभएको छ […]

Continue Reading

सरकार र शिक्षक महासङ्घबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच ९ बुँदे सहमति भएको छ । यो सहमतिलाई केहीबेर अघि सकिएको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूको माग सम्बोधन गर्न वार्षिक ८ अर्ब रुपैयाँ दायित्व थपिने बैठकपछि जानकारी दिनुभयो । सरकार र महासङ्घबीच विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा […]

Continue Reading

शिक्षक आन्दोलनको आज २८औं दिन : वार्ता सकारात्मक भए पनि महासङ्घले आन्दोलन नरोक्ने

काठमाण्डौ केन्द्रित शिक्षकहरुको आन्दोलन आज २८औं दिन पुगेको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको आन्दोलन नरोकिने बताउनुभएको छ । गएराति सरकारसँग भएको वार्तामा ठोस सहमति जुट्न नसकेको भन्दै उहाँले आफूहरुले मागेअनुसार राज्यले दिन नचाहेको टिप्पणी गर्नुभएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भएको थियो । सरकारकोतर्फबाट वार्ताको नेतृत्व […]

Continue Reading

शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदको माग

सांसदहरूले काठमाण्डाैमा प्रदर्शनरत शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद भएकाे भन्दै शिक्षकहरूमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने बताए । साथै विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन् । नेकपा (माओवादी […]

Continue Reading

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिशमा राष्ट्रपति रामचन्द्र पाैडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गर्नुभएकाे हाे । शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियाे । पन्तकाे शपथ ग्रहण भाेलि हुनेछ । राष्ट्रपतिकाे कार्यालयले नियुक्ति, हेरफेर […]

Continue Reading

कक्षा १२ को परीक्षा स्थगित !

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले उक्त जानकारी दिनुभएको हो। यसअघि आजै बिहान परीक्षा बोर्डले सरकारको सहयोगमा निजामती कर्मचारीलाई प्रयोग गरेर भए पनि १२ को परीक्षा गराउने भन्दै आन्दोलनरत शिक्षकलाई चेतावनी दिनुभएको थियो। निजामती कर्मचारीले १२ कक्षाको परीक्षा आफूहरूले सञ्चालन गर्न नसक्ने बताएपछि सरकार […]

Continue Reading