जाजरकोट भूकम्पमा गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई ‘डेडिकेट’ अस्पताल बनाइएको छ ।
जाजरकोट र रुकुम पश्चिमबाटगम्भीर घाइते ‘रिफर’ हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि नरेश श्रेष्ठलाई ‘फोकल पर्सन’ पनि तोकेको छ। ९८५११४३६६६ नम्बरमा फोन गरेर श्रेष्ठसँग सहयोग लिन सकिने कार्यालयले बताएको छ।
भूकम्पमा घाइते भएकाका लागि कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ।
