गोपाल ओली ,नेपालगन्ज : आइतबार सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरे संगै राजनैतिक वृतमा नयाँ नयाँ समिकरण र समिक्षा चलिरहेको बेला अन्य जिल्ला जस्तै बाकेमा पनि एमाले लेखिएको बोर्ड लगाइएको छ ।
सोमबार बाँकेमा एमालेका नेता कार्यकर्ताले बाँकेको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड लगाइएको हो ।
सोही क्रममा एकिकरण पछि नेकपा बनेको साइनबोर्ड हटाएर नेता कार्यकर्ताहरुले एमालेको साइनबोर्ड पार्टी कार्यालयमा राखेका हुन ।
केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य देवराज भार, पार्टी संयोजक सुर्य ढकाल, सहसंयोजक किस्मत कक्षपति, सचिव प्रमोद धिताल लगायतको उपस्थितीमा पार्टि कार्यालयमा साइनबोर्ड राखिएको हो ।
यस अगाडि मोरङमा सोमबारनै संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् । बोर्ड भन्दा माथि प्रधानमन्त्री केपी ओलीको प्रतिमा राखिएको थियो ।
