रघुजी पन्तलाई ३ वर्ष कैदको माग गर्दै कोमल वलीले गरिन् मुद्दा दर्ता


नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध राष्ट्रियसभा सदस्य कोमल वलीले गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गरेकी छन् । पन्तले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दायर गर्न कोमल वली जिल्ला अदालत, काठमाडौं पुगेकी थिईन ।

पन्तले १५ फागुनमा आयोजित एक कार्यक्रममा ‘लैंगिक हिंसा’ हुने अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । त्यसपछि पन्तले वलीसँग माफीसमेत मागेका थिए । तर वलीले भने मंगलबार जिल्ला अदालत काठमाण्डौंमा ३ वर्ष कैद र ३० हजार जरिवाना हुनुपर्ने मागसहित पन्त विरुद्ध मुद्दा दायर गरेकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *