नेपालगन्ज : ओली वंश समन्वय समाज नेपालको केन्द्रीय प्रवक्तामा भद्र बहादुर ओलीलाई चयन गरिएको छ ।
त्यस्तै आजै केन्द्रिय कमिटीले गरेको निर्णय अनुसार ओली वंश समन्वय समाज नेपालको सहसचिवमा नरेन्द्र ओलीलाई चयन गरिएको समाजका अध्यक्ष हरि ओलीले जानकारी दिएका छन् । भद्र बहादुर ओली र नरेन्द्र ओली यस अघि नै समाजको केन्द्रीय सदस्य रहेर काम गरिसकेका छन् ।
ओली वंश समन्वय समाज नेपालको परिवार बृहत्तर हूदै गयको अबस्थामा समाजको काम तिब्रताका साथ बढाउनको लागी केन्द्रिय कमिटीले उक्त निर्णय गरेको समाजका अध्यक्ष हरि ओलीले जनाएका छन् ।
त्यस्तै आज नै गरिएको निर्णय अनुसार मान बहादूर ओलीलाई केन्द्रीय सदस्य र गणेश बहादूर ओलीलाई कानूनी सल्लाहकारमा नियुक्त गरियको छ ।
त्यस्तै समाजको आजको निर्णय अनुसार समाजको प्रेस संयोजकमा अर्जुन ओली र प्रेस सदस्यहरूमा कृष्ण ओली र राम बहादुर ओलीलाई चयन गरिएको छ ।
समाजले गरेको निर्णय सुनाउदै ओली वंश समन्वय समाज नेपालको केन्द्रीय अध्यक्ष हरि ओलीले ओली वंशको कार्य तिब्रताका साथ कार्य अगाडी बढ्ने बिश्वास लिएको बताउनुभएको छ ।
