एमालेका ६ केन्द्रीय सदस्यले लिए शपथ


नेकपा एमालेका ६ जना नयाँ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई मंगलबार शपथग्रहण गराएका हुन्। पार्टीको केही दिनअघि बसेको ३६ औं सचिवालय बैठकले ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो।

बैठकले तुलसीप्रसाद न्यौपाने, रामअवतार यादव, केशवराज पाण्डे, बिनोद शाह, दामोदर भण्डारी र दीपक थापालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो।

शपथग्रहण समारोहमा पार्टी पदाधिकारिहरुको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *