दरबार हत्याकाण्डमा आफूलाई मुछेकोमा पूर्वराजाको आक्रोश


पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

वीरगन्जमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएको घटनामा आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको भन्दै आक्रोश पोखेका हुन्। पूर्वराजा शाहले राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यतिखेरै आँकलन गरेको स्पष्ट पारे।

बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको उनको भनाइ छ। उनले राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरवस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, उपकार, विकास र सबैतिरको निकासको बाटोमा लाग्नुपर्ने सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *