हिमपातका कारण हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द


हिमपातको कारण हुम्ला जिल्लाको हवाई सेवा दुई दिनदेखि बन्द भएको छ । बुधबार विमानस्थलमा जमेको हिउँ पग्लिए पनि अझै हल्का हिमपात भइरहेका कारण हवाई सेवा सुचारु हुन नसकेको हो ।

सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निशान झाले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध हुँदै आएको बताए । मङ्गलबार लगातार हिमपात भइरहेको र बुधबार आकाश खुल्ने, बन्द हुने र बेलाबेला हिमपात भइरहने भएको कारण हवाई सेवा सुचारु हुन नसक्ने उनले बताए।

हवाई सेवा सुचारु गर्न बेलाबेला आकाश खुल्ने गरेको भएपनि अन्य कुनैपनि मापदण्ड पूरा नभएको कारण उडान हुन नसक्ने भएको छ । नेपालगञ्जबाट सीता, समिट र तारा एयरको जहाजबाट उडान भर्ने तालिका थियो । हवाई सेवा अवरुद्ध भएपछि दुवैतिरका हवाई यात्रु मर्कामा परेका छन् । विद्यालयहरु सञ्चालनमा आइसकेको कारण विशेषगरी हिउँदे बिदामा निस्किएका शिक्षकहरु नेपालगञ्जमा रोकिनुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *