भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ।

नेपाल आयल निगमका अनुसार भारतबाट बढेर आए पनि हाललाई नेपालमा भने यथावत राखिएको जनाएको छ।

निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर २१ रूपैयाँ ६६ पैसा बढेर आएको छ।

भारतबाट मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर नेपालमा भने नबढाइएको निगमले जारी गरेको सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *