प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने भएका छन्।

नेकपा एमाले-नेकपा माओवादी केन्द्र-रास्वपा-जसपाको सत्ता गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने माओवादी केन्द्रका पार्टी सचिव चक्रापाणी खनालले बताएका छन्।

आइतवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग सचिव खनालले ३० गते विश्वासको मत लिने जानकारी दिएका हुन्।

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० गते विश्वासको मत लिने भन्ने कुरा भयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *