प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधको कारण प्रतिनिधिसभाको आईतबारको बैठकमा पनि पन्ध्र मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले बिरोध जनाएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लगातार तेस्रो दिन पनि संसद अवरोध कायमै राखेको हो । सभामुख अग्निप्रसाद सापकोटाले तटस्थ भुमिका निर्वाह नगरेको भन्दै एमालेले यथास्थितिमा सभामुखलाई मानेर जान नसकिने भन्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।

आइतबारको बैठकमा पनि एमालेले चर्को बिरोध जनाएको छ । सभामुख सापकोटाले आफू नेपालको संविधान, ऐन, कानून र प्रतिनिधि सभा नियमावली अनुसार नै चलेको भन्दै पटक पटक बैठक सञ्चालन गर्ने वातावरण बनाउन प्रतिपक्षी सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

प्रतिपक्ष सांसदहरुले वेल घेर्दै संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मूर्दावाद, पदीय मर्यादा कामय गर, संवैधानिक सर्वोच्चता कायम गर, गैरसांसदलाई प्रवेश निषेध गर, पार्टी फुटाउने षड्यन्त्र–मुर्दावाद, यथास्थितिमा संसद चल्न सक्दैन लगायतका नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *